१ सय २२ दिनपछि सेक्रेटरी खड्का रिहा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का १ सय २२ दिनपछि आइतबार सर्वोच्चको आदेशमा रिहाई भएका छन् । खड्कालाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटपछि रिहाई गर्न आदेश दिएको हो ।

पार्टी कामको सिलसिलामा बाटोमा हिडिरहेका खड्कालाई सादा पोशाकमा आएका प्रहरीले रेसुङ्गा नगरपालिकाबाट गिरफ्तार गरिएको थियो । उनी १४ दिनको हिरासतपछि फागुन ७ गते रिहाई भई २०७५ फागुन १९ गते सदरमुकाम तम्घासबाट जिल्ला प्रहरी कार्यालय गुल्मीले समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै खड्कालाई पुनः गिरफ्तार गरेको थियो ।

गुल्मी जिल्ला सेक्रेटरी खिम खड्का सदरमुकामबाट अर्घाखाँची हुँदै काठमाडौं पुर्याएर असार १५ गते काठमाडौं सर्वोच्च अदालतबाट रिहाइ भएका छन् ।

२०७६ असार १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :