स्कुल भ्यान दुर्घटना हुँदा तीन जना विद्यार्थी घाईते


धनगढी : कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मा आइतबार स्कुल भ्यान दुर्घटना भएको छ ।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ मा रहेको एप्पलसिट मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार तीन जना विद्यार्थी घाईते भएका छन् । स्कुलको विदा भएपछि विद्यार्थी पु¥याउन गएको बा १६ च ६९११ नम्बरको भ्यान वडा नम्बर ६ को मट्यारीमा दुर्घटना दुर्घटना परेको थियो ।

घाईते तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते विद्यार्थीहरुको नाम भने खुलेको छैन।

२०७६ असार १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :