एक–आपसमा गाडी ठोक्किँदा बेनिघाटमा २ को मृत्यु, ३० बढी घाइते

काठमाडाैं : धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ मा तीन वटा गाडी एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

लु १ ख ९०७९ नम्बरको बस, बा ३ ख १००४ माइक्रो बस र बा २ ख ४५६७ नम्बरको माइक्रोबस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका केहीको अवस्था गम्भीर रहेको छ ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको छ । धादिङको विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन भने बाँकी छ ।

२०७६ असार १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :