युवा संगठनका केन्द्रीय सदस्य गिरफ्तार, अध्यक्ष जंगलीद्वारा घोर भत्र्सना (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन, नेपालका अध्यक्ष पाटन जंगलीले बिहीबार विज्ञप्तिमार्फत आफ्ना संगठनका केन्द्रीय सदस्य रविलाई मकवानपुरको बगैया गाउँपालिका अन्तरर्गत छत्तिवन जुरेलीबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेकोमा घोर आपित्त जनाएका छन् ।

पाटन जंगलीले विज्ञप्तिमा भनेका छन्, ‘कथित केपी–बादल गृह प्रशसानले हाम्रो महान् तथा गौरवशाली संगठन युवा संगठन, नेपालका केन्द्रीय सदस्य कमरेड रबिलाई मकवानपुरको बगैया गाउपालिका अन्तरगत छत्तिवन जुरेलीबाट बिनाकारण गिरफ्तार गरेको छ । संगठनको कामको सिलसिलामा उक्त ठाउँमा रहेका कमरेड रबिलाई गिरफ्तार गरी झुट्टा मद्दा लगायकोप्रति घोर भ्रत्र्सना गर्दछौं ।’

विज्ञप्तिमा अगाडि भनेका छन्, ‘पश्चिमा शक्तिकेन्द्र तथा बिभिन्न साम्राज्यवादी शक्ति केन्द्रहरुको प्रत्यक्ष निर्देशन र डिजाइनमा कथित खड्कप्रसाद ओलीको सरकारले नेपाली जनतामाथि बर्बरतापुर्ण हर्कतहरु गरिरहेको छ । साम्राज्यावादीहरुको स्वार्थ पुरा गर्न अहोरात्र खटिएका कठपुतली केपी–बादल मण्डलीहरुलाई यस प्रकारका हर्कत नगर्न हाम्रो संगठन चेतावनी दिन्छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साम्राज्यवादीहरुको प्रत्यक्ष निर्देशनमा कमरेड रबिलगायत देशैभरी जेल तथा हिरासत जीवन बिताई रहनु भयका सम्पुर्ण क्रान्तिकारी योद्धाहरुको निसर्त रिहाई गरी नागरिकको मौलिक हकलाई स्थापित गर्न जोडदार माग गर्दछौं । अन्यथा दमन विरुद्ध प्रतिरोध हुने कुरा आम नेपाली जनतामा सुसजित गर्छौं ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :