जावलाखेलको खेल मैदानमा प्रेसर कुकर बम भेटियो

झापाको केर्खा सडक खण्डको मुख्य राजमार्गमा पनि बम


काठमाडौं : ललितपुरको जावलाखेलस्थित खेल मैदान नजिकै बम भेटिएको छ । मंगलबार विहान ७ बजे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राखेको प्रेसर कुकर बम भेटिएको हो ।
प्रहरीका अनुसार खेल मैदान अगाडि होटलको सटरमा भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।
सर्लाहीमा प्रहरीको गोलीप्रहारबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले आज नेपाल बन्द घोषणा गरेको छ ।


यसैगरी बन्दको दिन अपरान्ह झापाको कमल गाउँपालिकास्थित केर्खा सडक खण्डको मुख्य राजमार्गमा बम भेटिएको छ । बिहानैबाट झापा ठप्प रहे पनि अपरान्हबाट प्रहरीले स्कर्टिङ गरेर केही सवारी साधन चलाउने कोसिस गरेको पाइएपछि बीच सडकमा बम राखिएको हुन सक्ने स्थानीयले बताएका छन् । बम कस्तो हो भनेर यकिन गर्न सकिएको छैन । सेनाको बम डिस्पोजल टोलीलाई उक्त स्थानमा बोलाइएको समाचार प्राप्त भएको छ ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :