नेकपाको ब्युरो सदस्य गम्भीरसहित ५ जना गिरफ्तार

लमजुङका सेक्रेटरी सोनाम पोखराबाट गिरफ्तार

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य गम्भीर लगायत ४ जनालाई आज रुकुमबाट विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।

त्रिवेणी गाउँपालिका घरमा बसिरहेकोे अवस्थामा आज बिहान पार्टीका राप्ती ब्युरो सदस्य गम्भीर, रुकुम जिल्ला सदस्य तथा आठबिसकोट नगरपालिका सेक्रेटरी छवि घर्ति, युवा संगठन नेपाल रुकुम पश्चिमका उपाध्यक्ष विवेक विक र दिर्घ गहतराजलाई गिरफ्तार गरिएको नेकपा रुकुमले जनाएको छ ।

४ जनालाई एकै ठाउँबाट घरमा बसिरहेको अवस्थामा विनाकारण गिरफ्तार गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले रिहाइको माग गरेको छ ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राती गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :