देशैभरी बम फेला कतै डिस्पोज त कतै विस्फोट


काठमाडौं : आजको नेपाल बन्दलाई लक्षित गरेर नेपाल कम्युनिस्ट पार्टीले देशैभरी बम विस्फोट गराएको समाचार प्राप्त भएको छ ।

बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले बन्दलाई लक्षित गर्दै सडकमा बम राखेको हुनसक्ने प्रहरीको आशंका छ । बम भेटिएका स्थानमा कडा सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी मदनजीत महराले बताए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पार्ने काम गरिरहेको डीएसपी महराले जानकारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीले आब्हान गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि सवारी साधन चलेका छैनन् ।

अर्घाखाँचीका तीन ठाउमा बम फेला परेको छ । आजको नेपाल बन्दलाई लक्षित गरेर बम राखिएको आशंका गरिएको छ । छत्रदेव गाँउपालिका वडा नम्वर ५ को वडा कार्यालय नजिकै, वडा कार्यालय ७ को नजिकै र मालारानी –१ को छेडाठाटीमासहित छत्रदेव गाउँपालिका वडा नम्वर ७ को मडेलचौरमा रहेको लु १ क २२३८ नम्वरको जेसिविमा राखिएका शंखास्पद बस्तु अर्थात बमहरु गरी तीन ठाउँमा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिए । बम हो या संकास्पद बस्तु भन्नेबारेमा अनुसन्धान पछि मात्र थाहा हुने प्रजिअ लामीछानेको भनाई छ ।

संकास्पद बस्तुलाई डिस्पोजल गर्न नेपाली सेनाको टोली बम भएको स्थानमा गएर डिस्पोजल गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ । बन्दका कारण जिल्लाभरको जनजीवन प्रभावित रहेको छ । विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् । शिक्षण सस्था विद्यालय सबै ठप्प छन् ।

चितवनको राप्ती नगरपालिकाको खैरेनीमा पनि शंकास्पद बस्तु फेला परेको खबर छ । घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली जाँदै छ । थप बिवरण आउन बाँकी रहेकाे छ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :