काभ्रेको विभिन्न ठाउँमा बम बिस्फोट


काभ्रे : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्द सफल पार्न काभ्रेका विभिन्न ठाउँमा बम राखेको भेटिएको छ । पनौती र धुलिखेलमा शंकास्पद वस्तु राखिएको र नेपाली सेनाको टोलीले बिहान डिस्पोज गरेको छ ।

धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिकाको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४ः५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको डिएस्पी दिपक गिरीले जानकारी दिएका छन् ।

स्थानीयले भने ठूलो आवाजले पड्किएकाले पड्काएको भन्ने आशंका गरे । काभ्रेमा बन्दको असर पूर्णरुपमा देखिएको छ । गाडी चलेका छैनन् भने धुलिखेल–बनेपा–काठमाडौं चल्ने बसहरु बन्द छन् ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :