क्रान्तिप्रति आशावादी दृष्टिकोण

chintamani-150x150चिन्तामणि घिमिरे

माक्र्सवाद जीवन र जगत्लाई बदल्ने क्रान्तिकारी र वैज्ञानिक दृष्टिकोण हो । कार्ल माक्र्सले भन्नुभएको छ– ‘संसारको व्याख्या र विश्लेषण त सबैले गर्छन् । मुख्य कुरा त संसारलाई बदल्नु हो ।’ भौतिक पदार्थबाट चेतनाको निर्माण भए पनि त्यो भौतिक पदार्थलाई स्वयम् चेतनाले नै परिवर्तन गर्छ । कम्युनिस्टहरू समाजका सबैभन्दा उन्नत, क्रान्तिकारी र वैज्ञनिक चेतनास्तर भएका मान्छे हुन् । उनीहरूमा संसारलाई परिवर्तन गर्ने महान् उद्देश्य र लक्ष्य हुन्छ । उनीहरू जुनसुकै सङ्कट र परिस्थितिको सामना गर्न पनि तयार हुन्छन् र बन्नु पनि पर्छ । एउटा क्रान्तिकारी जीवन साधुसन्तको जस्तो निरस होइन, हराभरा र फराकिलो हुन्छ । ऊ जीवनप्रति आशावादी हुन्छ । उसले क्रान्तिप्रति आशावादी दृष्टिकोण राख्छ । पार्टी र क्रान्तिप्रति प्रतिबद्ध हुन्छ । उसमा क्रान्तिप्रति निष्ठा र समर्पित भावना हुन्छ । जुन मानिसमा क्रान्तिप्रति निष्ठा र प्रतिबद्धता हुँदैन ऊ साँचो अर्थमा क्रान्तिकारी बन्न सक्दैन । एउटा क्रान्तिकारीले क्रान्तिका लागि आफ्नो व्यक्तिगत इच्छा–आकाङ्क्षाहरूलाई महत्व दिँदैन ।
अहिले नेपालमा क्रान्तिका विरुद्ध दूषित र प्रतिक्रान्तिकारी हावा चलाइएको छ । यो हावा एकातिर साम्राज्यवादी, विस्तारवादी र तिनका दलालहरूमार्पmत चलाइएको छ भने अर्कोतर्पm दक्षिणपन्थी, संशोधनवादी, नवसंशोधनवादी, आत्मसमर्पणवादी र विसर्जनवादीहरूले पैmलाइरहेका छन् । कुनै एक कालखण्डमा क्रान्तिकारी भएका र हाल कम्युनिस्ट आदर्श र मूल्यमान्यताबाट विचलित र पलायन भएकाहरूमा बढी रोदन देख्न सकिन्छ । उनीहरू रुन्चे शब्दमा कराइरहेका छन्– अब सकिँदैन, क्रान्ति हुँदैन, कति दिन लडिरहने, के जिन्दगीभर लडिरहने हो त ? यो त असम्भव छ आदिआदि… ।
चीनमा एकपटक क. माओलाई एकजना युवकले प्रश्न सोधेका थिए– ‘अध्यक्ष माओ, हामी कहिलेसम्म लडिरहने हो ?’ त्यसको जबाफमा क. माओले भन्नुभएको छ, ‘जबसम्म हामी विजयी हुँदैनौँ तबसम्म लडिरहने हो ।’ अर्थात् हामीले क्रान्ति नजित्दासम्म लडिरहने हो । यो क्रान्तिप्रतिको आशावादी र वैज्ञानिक दृष्टिकोण हो । निम्नपुँजीवादी, अस्थिर, ढुलमुले, वैचारिक रूपमा स्पष्ट नभएका, महत्वाकाङ्क्षी र व्यक्तिवादी तत्वहरूमा क्रान्तिप्रतिको धैर्य र दृढता हुँदैन । उनीहरूमा शीघ्र विजयको भावना प्रज्वलित भइरहेको हुन्छ । क्रान्ति लम्बिने अवस्था आएमा उनीहरू आत्तिने र हड्बडाउने गर्छन् । उनीहरूमा क्रान्तिप्रतिको दृढता, धैर्य र निरन्तरताको अभाव हुन्छ । स्वयम् त्यस्ता तत्वहरूले क्रान्तिप्रति र स्वयम् नेतृत्वप्रति आशङ्का पैदा गर्छन् । नेतृत्वले गरेन, भएन, आँट्न सकेन भन्छन् । जब क्रान्तिको आँधीबेहरी र भेल चल्दछन्, उनीहरू आत्तिएर हड्बडाउन थाल्छन् र विभिन्न बहानाबाजी गरेर उम्कन थाल्छन् । क्रान्ति निरन्तर चलिरहने प्रक्रिया हो । यो कसैले चाहँदैमा हुने र नचाहँदैमा नहुने होइन । यो कसैको अधीनमा रहेको हुँदैन । क्रान्तिको आफ्नै नियम हुन्छ, गति हुन्छ र अवस्था पनि ।CPN-UML-flag
क्रान्तिकारी आशावादले क्रान्तिप्रति आशा र विश्वास जगाउँछ । उसले हरेक घटनाक्रम र विषयवस्तुलाई सकारात्मक दृष्टिकोणबाट बुझ्न मद्दत पु¥याउँछ । जीवन र सङ्घर्ष एकआपसमा अभिन्न रूपले जोडिएका पक्षहरू हुन् । ती दुईटालाई एक–अर्काबाट अलग गरेर हेर्न मिल्दैन । इतिहासमा मानवजातिले असङ्ख्य बलिदानका गाथाहरू कोरेर आएको छ । उसले आपूmलाई सङ्घर्षकै बीचबाट समृद्ध र विकसित बनाउँदै आएको छ ।
निराशावादले मान्छेलाई अगाडि होइन, पछाडितिर धकेल्छ । केही गर्न नसक्ने असहाय र हुतीहारा बनाइदिन्छ । अग्रगामी होइन, पश्चगामी बनाइदिन्छ । निराशावादको उत्कर्ष भनेको आत्महत्या गर्न सक्ने अवस्था हो । निराशावादीहरू मनोरोगी हुन्छन् । उनीहरूले आफ्नो जीवनलाई धिक्कार्छन् र दुत्कार्छन् पनि । इतिहासको एक कालखण्डमा गरेको सङ्घर्ष, त्याग र प्रतिबद्धतालाई पनि बेकार र अनावश्यक विषयका रूपमा हेर्छन् । त्यस्तो गर्न आफ्नो व्यक्तिगत जीवन र समाजका लागि अत्यन्त ठूलो भूल र भयङ्कर हानि नै हुन्छ ।
जीवनमा दुःखहरू आइलाग्छन्, सङ्कटहरूको सामना गर्नुपर्ने हुन्छ । एकपछि अर्को गलत पक्ष र तत्वका विरुद्ध जुध्दै अगाडि बढ्नुपर्ने हुन्छ । सङ्घर्षले मात्रै मान्छेलाई अगाडि बढ्न मद्दत गर्छ र उसका गलत विचारहरूलाई हटाउन पनि क्रान्तिमा हार र जित दुवै पक्ष हुन्छ । कोही पनि हार्ने भनेर युद्ध लडेको होइन । आखिर सबैको उद्देश्य जित्ने नै हुन्छ । तर कहिलेकहीँ असफलता हात लाग्छ । जित भन्ने कुरा अनेकौँ असफलतापछि प्राप्त हुने चीज हो । क्षणिक असफलताबाट आत्तिने, हड्बडाउने, डराउने, निराश हुने र पश्चाताप गर्ने कुनै आवश्यकता पर्दैन । असत्य लामो समयसम्म टिक्न सक्दैन । झूटको खेती पनि टिकाउ हुँदैन । सत्य सत्य नै हुन्छ । सत्यको विजय एक दिन सुनिश्चित हुन्छ नै । तर सत्यका पक्षमा लड्नेहरूले अत्यन्त ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ । असत्यका पक्षपातीहरूले सत्यका पक्षमा लड्नेहरूलाई अनेक प्रकारले दुःख दिने गर्छन् । विभिन्न प्रकारका षड्यन्त्र र जालझेलमा फसाउने प्रयत्न गर्छन् ।
कम्युनिस्टहरू सत्यका पक्षपाती हुन्छन् । उनीहरू जीवनभर सत्यका पक्षमा लड्छन् र विजयी पनि हुन्छन् । सत्यका हिमायतीहरू जस्तोसुकै समय र सङ्कटबाट पनि डग्मगाउँदैनन् र हरेस खाँदैनन् । उनीहरू आफ्नो उद्देश्यलाई सफल पार्नका निमित्त निरन्तर क्रान्तिको यात्रामा अगाडि बढिरहन्छन् ।
हामीसँग वैज्ञानिक र क्रान्तिकारी सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद–माओवाद छ । क्रान्तिकारी आशावाद र वैज्ञानिक साम्यवादी दृष्टिकोण छ । विगतमा भएका क्रान्तिहरूको सफलता र असफलता दुवैको अनुभव र ज्ञान छ । नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र सम्पन्न गर्ने भन्ने योजना र नीति पनि छ । वर्गसङ्घर्षबाट खारिएर आएको नेतृत्वको समूह पनि छ । हामीले आपूmलाई साम्यवादी चेतना र दृष्टिकोणले युक्त बनाउनुपर्छ । सबै प्रकारका गलत प्रवृत्तिहरूका विरुद्ध जुझ्दै अगाडि बढ्ने स्पिरिट, साहस र प्रतिबद्धताको खाँचो छ । क्रान्तिप्रति निष्ठा, त्याग र समर्पणको आवश्यकता छ । निम्नपुँजीवादी होइन, साम्यवादी चेतनाको आवश्यकता छ ।
विज्ञानको नियम नै छ, पुरानोको अन्त्य वा नाश र नयाँको उदय । अतः विज्ञानको नियमअनुसार पुरानो समाजको अन्त्य, नयाँ र उदीयमान वस्तुको जन्म हुन्छ । नयाँले पुरानोलाई विस्थापित गर्छ र नयाँ अगाडि बढ्छ । शासकहरू शासितमा फेरिन्छन्, शासितहरू शासकमा फेरिन्छन् यो द्वन्द्ववादी नियम हो ।
२०५२ सालमा जनयुद्धको सुरुआत गर्दा ने.क.पा. (माओवादी) ले जुन प्रतिबद्धता गरेको थियो, त्यसका मुख्य नेताहरू (विशेषतः प्रचण्ड र बाबुराम) ले १२ बुँदे समझदारीमार्पmत शान्तिप्रक्रियामा आइसकेपछि विधिवत् रूपमै २०६३ मङ्सिर ५ गतेको विस्तृत शान्तिसम्झौतामा जनयुद्धका कमान्डरले ल्याप्चे लगाउन पुगेर त्यहाँ एउटा त्यहाँ एउटा बुँदामा १० वर्षदेखि चलिआएको सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरियो । गिरिजा र प्रचण्डले एकआपसमा मुस्कान साटासाट गर्न थाले । त्यसपछिका दिनहरूमा क्रमशः आफ्ना नीति, विचार, सिद्धान्त र आदर्शहरूलाई परित्याग गर्दै जान थाले । क्रान्तिमाथि खेलबाड भयो र सहिद बेपत्ताहरूको सपनामाथि विश्वासघात भयो । क्रान्तिकारीहरूलाई निरुत्साहित र हतोत्साहित पार्ने काम भयो । पार्टीभित्र अवसरवादीहरूको बोलवाला हुन थाल्यो । क्रमशः इमानदार कार्यकmर्ताहरू पाखा पारिन थाले र निराश बन्न थाले । अब निराशाको बादल फाट्दैछ । एउटा क्रान्तिकारी, नयाँ, उदीयमान शक्ति नेकपा माओवादीको जन्म भएको छ । जसले एकीकृत जनक्रान्तिमार्पmत विभिन्न अन्योल र निराशाहरूको अन्त्य गर्न सक्छ भन्ने विश्वास देखापर्न थालेको छ । यसको नेतृत्व कमरेड विप्लवले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :