गोरखाल्याण्ड आन्दोलन चर्किंदै

दार्जिलिङ भारतको सबैभन्दा पुरानो गोरखाल्याण्ड आन्दोलन फेरि चर्किने देखिएको छ ।

उक्त आन्दोलनका नेता विमल गुरुङले दार्जिलिङमा भएको एक कार्यक्रममा Gorkhalandगोरखाहरूलाई आन्दोलनका लागि तयार रहन अपिल गरेका छन् । ममता बेनर्जी सरकार गोरखाहरूप्रति पूर्वाग्रही रहेको, केन्द्र सरकारको निर्देशन नमानेको भन्दै गोरखाल्याण्डबाहेक अन्य विकल्प नरहेको गुरुङको दाबी छ । सन् १९०७ देखि गोरखाल्याण्ड आन्दोलन जारी छ ।

त्यसमा १ करोड ५० लाख जनता नेपालीभाषी जनता जोडिएका छन् । दार्जिलिङ गोरखा पर्वतीय परिषद् (जीटीए) का अध्यक्षसमेत रहेका गुरुङले अब अन्तिम जीवनमरणको आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । सन् १९८६ मा सुभाष घिसिङको नेतृत्वमा भएको आन्दोलनमा १२ सयभन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :