सैन्य अभ्यासपछि उत्तरकोरियाको चेतावनी

download (4)अमेरिका र दक्षिणकोरियाकाबीच पटकपटक संयुक्त सैन्य अभ्यास हुने क्रममा सोमबारदेखि पछिल्लो सैन्य अभ्यास भएपछि तनाव उत्पन्न भएको छ ।

यसमा २५ हजार अमेरिकी र ५० हजार कोरियाली फौज संलग्न छन् । सेप्टेम्बर २ सम्म जारी रहने भनिएको उक्त सैन्य अभ्यासले कोरियाली दीपमा तनाव बढ्ने भन्दै उत्तरकोरियाले कडा विरोध गरेको छ । सैन्य अभ्यासरत यी दुई देशले जडान गरेको प्रतीरक्षात्मक प्रणाली (थाड) का विरुद्ध भौतिक कारबाही गर्ने उत्तरकोरियाको चेतावनी छ ।

दक्षिणकोरिया र अमेरिकाका बीचमा सोमबारदेखि भएको सैन्य अभ्यासले दुई कोरियाका बीचमा तनाव बढ्ने र अमेरिकी स्वार्थमा सोल सरकारले उक्त उत्तेजनात्मक कार्य गरेको भन्दै दक्षिणकोरियाली जनताले भने राजधानी सोललगायत विभिन्न स्थानमा व्यापक विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :