चितवनको विभिन्न ठाउँमा शक्तिशाली बम बिस्पोट

अछामको नगर र गाउँपालिकामा अज्ञात समूहद्वारा आगजनी


काठमाडाैं : अछाम जिल्लाको पन्चदेवल विनायक नगरपालिका वार्ड न ३ र ढकारी गाउँपालिका वर्ड न ५ को वार्ड कार्यालयमा सोमबार राती अज्ञात समूहले आगजनी गरेको समाचार प्राप्त भएको छ । आगजनीबाट कार्यालय सम्पूर्ण रुपले ध्वस्त भएको बताइएको छ । बन्दको पुर्वसन्ध्यामा अछामका विभिन्न ठाउँमा मसाल जुलुस पनि गरिएको समाचार प्राप्त भएको छ ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन चितवनको विभिन्न ठाउँमा शक्तिशाली बम बिस्पोटन भएको छ । बिस्पोट हुने स्थानहरु चितवनको कालिका नगरपालिका ९ स्थित शक्तिखोर बजारमा बम बिस्पोट भएको हो । चितवन रत्ननगरपालिका स्थित टाँडी बजारमा पनि बम बिस्पोट भएको हाम्रा चितवन संवाददाताले जानकारी दिएका छन् ।

बिस्पोटनको कारण र क्षतिको विवरण आउन बाँकी छ भने त्यस क्षेत्रमा उद्योग, कलकारखाना, शैक्षिक सस्थाहरु र यातायातका साधनहरु ठप्प भएका छन् ।

चितवनको राप्ती नगरपालिका भन्डारा सशस्त्र क्याम्प नजिकै पम्पा पुलमा बम बिस्पोटन भएको पनि समाचार प्राप्त भएको छ ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :