सडकदेखि मेयरको घरसम्मा प्रेसर कुकर बम


काठमाडौं : नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राती मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले आह्वान् गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ । बमका कारण मेयरको घर आसपासका समुदाय रातभर आतंकित भएका थिए ।

अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए । आजको बन्द सफल पार्न नेकपाका कार्यकर्ताले बम राखिएको बुझिएको छ ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :