झापामा माइको पुलमा भेटियो बम, राजमार्ग सुनसान


झापा : झापाको कन्काइ माइको पुलमा बिहानै बम भेटिएको छ । बन्दको दिन बम भेटिएपछि छोटो दुरीका छिटफुट यातायातका साधनसमेत चल्न सकेका छैनन् ।

बन्दको बिहानै बम राखेर केही युवाहरु हिडेको स्थनीयले बताएका छन् । बम कस्तो प्रकृतिको हो भन्ने बिसय खुलेको छैन । बम राखेको स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको र नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको जानकारी प्राप्त भएको छ ।

त्यस्तै झापाको कारकरभिट्टाबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । बजार तथा उद्योगहरु सबै ठप्प रहेको र बिहान सञ्चालन हुने शिक्षण संस्थाहरुसमेत बन्द रहेको र झापामा बन्दको प्रभाव पुर्ण रुपमा परेको झापाबाट हाम्रा संवाददाताले बताएका छन् ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :