कञ्चनपुरको भिमदत्तनगर र शुक्लाफाँटा नगर क्षेत्रमा मसाल जुलुस


कञ्चनपुर : सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको विभत्स हत्याको विरोधमा असार १० गते नेपाल बन्दको पुर्व सन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी, कन्चनपुरले मशाल जुलुस प्रदर्शन गरेको छ ।

भिमदत्तनगर र शुक्लाफाँटा नगर क्षेत्रमा आयोजना गरिएका मशाल जुलुस कार्यक्रमहरुमा सरकारी फासिवादी रवैयाको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले घोर भत्र्सना गर्दै राज्यले आफुहरुलाई शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधिहरु सञ्चालन गरिरहेका बेला पनि हत्याका श्रृंखलाहरु अगाडि बढाएर देशलाई जर्वजस्त द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाएका छन् ।

नक्कली मुडभेडका घटना बनाएर जसरी एकपछि अर्को आफ्ना पार्टीका नेता र कार्यकर्ताहरुको हत्या गरिदैछ यसले दलाल केपी–पिके मण्डलीको अन्त्त सुनिश्चित र अनिवार्य हुँदै गइरहेको कार्यक्रममा सहभागी नेताहरुले व्यक्त गरेका छन् । शुक्लाफाँटामा मशाल जुलुस पछिको कोण सभालाई नगर सेक्रेटरी धनबहादुर र भिमदत्तमा युवा संगठनका जिल्ला अध्यक्ष एम.एम.जोशीले सम्बोधन गरेका थिए ।

२०७६ असार ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :