मेची–कोशी ब्युरोका २४ स्थानमा मशाल जुलुस (भिडियाेसहित)

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीद्वारा असार ५ गते हत्या भएपछि आक्रोशित बनेको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको असार १० गते मंगलबार एकदिनको नेपाल बन्दको पुर्व संन्ध्यामा मेची र कोशी ब्युरोका १० ओटै जिल्लामा मशाल जुलुस सम्पन्न भएको छ ।

तेह्रथुमको १ स्थान म्याङ्लुङ र जिरिखिम्तिको बीचभागमा, सुनसरीको इटहरी हलगाडा, धरानको पानमारा र बराहा नगरपालिकाको एक स्थानसहित ३ स्थानमा, मोरङ्गको पथरी, रंगेली, र सुन्दर हंरैचासहित ३ स्थानमा, धनकुटाको १ स्थानमा, ताप्लेजुङको खेजिनिम र हेल्लोकसहित २ स्थानमा, इलामको फाकफोकथुम र सुर्योदयसहित २ स्थानमा, उत्तरी मोरङ्गको १ स्थानमा, दक्षिणी इलामको १ स्थानमा, झापाको दमक, गौरादह, शिवसताक्षी, कमल, झापा, बिर्तामोड, हल्दिबारी, बार्हदशी, अर्जुनधारासहित ९ स्थानमा, पाँचथरको १ स्थानमा गरेर जम्मा २४ स्थानमा मशाल जुलुस सम्पन्न भएको ब्युरो कार्यालयका सचिव श्रीजनले रातो खबरलाई जानकारी दिएका छन् । उनका अनुसार २४ स्थानमा पार्टीका नेता, कार्यकर्ता र पार्टी सदस्यहरुको उल्लेख्य र आक्रमक सहभागिता रहेको थियो ।

मशाल जुलुसपछि कोणसभामा बोल्दै मोरङ्गका पार्टी सेक्रेटरी कुमारले केपी र प्रचण्डको फासिवादी सत्ताले जनतालाई दुःख दिन थालेकोले अब प्रतिरोधमा उत्रनुको बिकल्प नरहेको बताउदै सरकारले हत्या गर्दै जाने हो भने सोही अनुरुपको जवाफ फर्काउन आफुहरु बाध्य हुने धारणा राखेका छन् । त्यस्तै सुनसरीको एक स्थानमा बोल्दै सेक्रेटरी सन्तोषले सरकारको अत्यचार नरोकिए सरकारी मान्छेहरुबिरुद्ध लडाइँ सोझ्याएर अघि बढ्ने बताए । झापाका सेक्रेटरी मनिसले केपी ओलीको घमण्ड र दम्भ झापाली जनताले पटक–पटक तोडिसकेको स्मरण गराउदै सायद ओलीको जीवनको अन्तिम अवशान यहि क्रान्तिले गर्ने बताए । उनले भने, ओलीले धेरै फुरफुर नगरे हुन्छ, हामीले संमयता गुमाउने हो र उनी जस्तै पागलपन देखाउने हो भने झापाबाट एक हप्ताभित्र लखेट्न सक्छौं । तेह्रथुममा इन्चार्ज प्रशान्त र सेक्रेटरी अमृतले बोलेका थिए । इन्चार्ज प्रशान्तले कोणसभामा बोल्दै भ्रस्टाचार तिब्र बन्दै गएको सामाजिक असुरक्षा बढेको स्थितिमा हाम्रो पार्टी त्यस बिरुद्ध आन्दोलित भएको कारण नै यो दलाल सरकार दमनमा उत्रिएको हुनाले त्यसको मुखतोड जवाफ फर्काउने चेतावनी दिए । त्यस्तै इलामका सचिब तागेराले सुबास नेम्बाङ लिम्बुहरुको बिरोधमा लाग्दै अहिले जनहत्याको मतियार भएकोले इलामबाट लखेट्ने ठाडो चेतावनी दिए । उता ताप्लेजुङ इन्चार्ज सकलले केपी प्रचण्ड जस्ता जनघाती दलालका मतियारहरुलाई जनताले ठेगान लगाउने बताए । धनकुटाका सेक्रेटरी बिशालले जनहत्यारो सरकारले आफ्ना इन्चार्ज बिवशलाई गिरफ्तार गरी बेपत्ता बनाएको हुनाले अबिलम्ब रिहा गर्न माग गरे । यस्तै स्थिति हो भने आफुहरु पनि सरकारी मान्छेहरु गिरफ्तार गर्न बाध्य हुने बताए । उता पाँचथरका सेक्रेटरी राजुले पार्टी बिरुद्ध जिल्लामा देखिएका सड्यन्त्रको पहिचान भएकोले समय आएपछि कारबाही गरिने चेतावनी दिए । सोही अनुसार मेची कोशी ब्युरोका सबै जिल्लाहरुमा विभिन्न नेता तथा कार्यकर्ताहरुले कोणसभामा बोलेका थिए ।

केपी–प्रचण्ड सरकार दिनानुदिन आफ्ना फाँसिस्ट हर्कत प्रदर्शन गर्दै निहत्था नागरिकहरुको हत्यामा उत्रन थालेपछि त्यसको बिरोध स्वरुप १० गते एक दिनलाई आयोजना गरिएको नेपाल बन्दमा सहयोग गरिदिन सबैलाई अपिल गरिएको ब्युरो कार्यालयका सचिवले जानकारी गराएका छन् । साथै सबै उद्योगी, ब्यवशायी, शिक्षण संस्था, यातायात सबैलाई बन्द गरी सहयोग गरिदिनसमेत मेची–कोशी ब्युरोले अपिल गरेको छ । भिडियाेमा…

२०७६ असार ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :