नेकपाका प्रभावशाली बौद्धिक नेता नरबहादुर कार्की गिरफ्तार


काठमाडौँ : नेकपाका चर्चित बौद्धिक नेता नरबहादुर कार्कीलाई प्रहरीले सोमबार साँझ बालुवाटारबाट अपमान पूर्वक गिरफ्तार गरी बेपत्ता बनाएको छ । ‘नो ट्याक्स नो एनसेल’ आन्दोलनका अभियन्तासमेत रहेका अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक कार्कीलाई एउटा मिडियालाई अन्तर्वार्ता दिँदै गरेको समयमा अपराह्न सवा पाँच बजे प्ररहीले गिरफ्तार गरेको र घिसार्दै अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सामाजिक अभियन्ता युवा नेता कार्की निराश व्यक्तिहरूलाई जीवनमा फर्काउने अद्भुत प्रशिक्षण क्षमताका कारण संसार भर प्रसिद्ध छन् । पुष्पकमल दाहालको पार्टीबाट गत मङ्सिर ८ गते विद्रोह गरी विद्रोही नेकपामा ध्रुवीकृत भएका कार्कीले नेकपामा अन्तर्राष्ट्रिय क्षेत्रसमेत हेर्दै आएका छन् ।

२०७६ असार ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :