भोलिको नेपाल बन्द सफल पार्न नेकपाको आह्वान


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले वली सरकारद्वारा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या र फासिवादी हर्कतका विरुद्ध भोलि मङ्गलबारका लागि पार्टीले आह्वान गरेको नेपाल बन्द पूर्ण सफल पार्न सक्रिय भएर लाग्न पार्टीका सबै तह र तप्कालाई निर्देशन दिएको छ ।

ब्युरो इन्चार्ज निर्माणले सोमबार वक्तव्य जारी गर्दै पार्टीले सरकारको हत्या, हिंसा र सबैखाले ज्यादतिका विरुद्ध आयोजना गरेको नेपाल बन्दलगायत आन्दोलनका कार्यक्रम सफल पारिदिन अपिल पनि गरेका छन् । सरकारको फासिवाद, नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको गैरन्यायिक हत्या, राष्ट्रघातलगायतका कदमविरुद्ध नेकपाले असार १० गते नेपाल बन्दसहित आम हडतालको कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले गरेका राष्ट्रघात, जनघातविरुद्ध, जनतन्त्रका पक्षमा नेकपा आन्दोलित रहेको र बौद्धिक समुदायसँग खुला रूपमा छलफलमा आउन चाहेको भए पनि वली सरकारले युद्ध भड्काउने दुष्प्रयास गरिरहेको निर्माणको वक्तव्यमा उल्लेख छ । उनले भनेका छन्, ‘सामाजिक फासिवादी दलाल सरकार र पार्टी नियन्त्रणमा लिइएका हाम्रो पार्टीका कमजोर चेतना र आत्मबल भएका मानिसलाई आत्मसमर्पण गराउने र राजनीतिक रूपमा दृढ भएकाहरूलाई कथित मुठभेडका नाउँमा हत्या गर्ने वा आजीवन जेल हाल्ने काम गरिरहे पनि हाम्रो पार्टी जनतामा लोकिप्रय बनिरहेको छ ।’

उनले अत्यावश्यकीय मानवीय संवेदनाका साधनबाहेक सबै क्षेत्र बन्द गरिएर नेपाल बन्द सफल बनाइदिन जनसमुदायमा अपिल पनि गरेका छन् । विज्ञप्तिको पूर्णपाठ….

२०७६ असार ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :