भद्रपुर नगरपालिकाको कार्यालयभित्र शक्तिसाली बम भेटियो


झापा : झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको कार्यालयभित्र शक्तिशाली बम फेला परेको छ ।

नगरपालिकाको मेयरको कार्य कक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको र घटनास्थलमा अहिले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त शंकास्पद वस्तु फेला परेपछि नगरपालिकाको बजार जाने सडक प्रहरीले अवरुद्ध गरेको छ भने झोलामा के छ भन्ने अहिलेसम्म टुंगो नलागेको श्रेष्ठले बताए । झापाका प्राय जसो सबै स्थानीय तहमा भ्रस्टाचार व्यापक बनेको जनगुनासो आइरहेको बेला जनप्रतिनिधिहरुलाई कारबाही गर्ने उद्देश्यले सो बम राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

आज नगरसभाको बैठक रहेको र आजै नेकपाले बन्दको आयोजना गरेको हुनाले सुरक्षा ब्यवस्था कडा बनाइरहेको अवस्थामै यसरी बम कार्यालय भित्रै भेटिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । भद्रपुरका मेयर जीवनकुमार श्रेष्ठले अत्याधिक भ्रष्टाचार गर्न थालेको र सुकुमबासीमाथि दमन गरेको हुनाले बम विस्फोट गराउन खोजिएको बुझिएको छ । श्रोतका अनुसार जनप्रतिनिधिहरुको व्यवहार जनबिरोधी बन्न थालेको हुनाले सो बिरुद्ध कारबाही गरेर जाने नेकपाले बताउदैं आएको अवस्थामा बम भेटिनुले नेकपाले नै राखेको हुन सक्ने आशंका गरिएको छ ।

बम भएको स्थानमा यतिबेला प्रजिअ जनकराज ढकाल, एसपी, नगरप्रमुख गएका छन् । बम डिस्पोजल टोली पनि घट्नास्थलमा पुगेको बताइएको छ ।

२०७६ असार १० गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :