नेता र पत्रकार गिरफ्तार

KRISHNA - PARASअम्बिका चन्द/काठमाडौं, असार ४, नेकपा झापा जिल्ला इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ र क्रान्तिकारी पत्रकार संगठन नेपालका झापा अध्यक्ष पारस तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डुडामारीमा जनभेटघाट कार्यक्रम गरिरहेकोे बेला उहाँहरुलाई प्रहरीले पक्राउ गरेको हो । विनाकारण निशस्त्र व्यक्तिहरुलाई राजनैतिक कार्यक्रम गरिरहेको वेलामा प्रहरीले पक्राउ गरेको नेकपा झापाले जनाएको छ । यसरी आफना नेताकार्यकर्ताहरुलाई विनाकारण पक्राउ गर्नु निन्दनीय कार्य भएको भन्दै झापा जिल्ला जनपरिषद प्रमुख सुमनसिंह पौडेलले तत्काल विनाशर्त रिहाईको माग गर्नु भएको छ । यस अघि पनि झापाबाटै नेकपाका केन्द्रीय सदस्य सन्तकुमार लिम्वु सुमन सहितको टोलीलाई प्रहरीले विनाकारण पक्राउ गरेको छ र अहिले उहाँहरुलाई सदरमुकाम चन्द्रगढी प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :