नीजि विद्यालयमा कालो झण्डा

Kalo jhandaअम्बिका चन्द/काठमाडौं, असार ४, अखिल (क्रान्तिकारी) ले आइतबार उपत्कामा रहेका नीजि शिक्षण संस्थाहरुमा कालो झण्डा गाडेको छ । ललितपुरको हात्तिवनमा रहेको लिटिल एञ्जल्स, कुमारी पार्टीमा रहेको युनाइटेड, धापाखेलमा रहेको जेम्स,रातो बंगला, युलियन्स, काठमाडौं ज्ञानेश्वरमा रहेको ग्यालेस्की, बानेश्वरमा रहेको पाठशाला नेपाल, भि.एस.निकेतन, प्रिमियर, किस्क विद्यालयलगायतका शिक्षण संस्थाहरुमा अखिल क्रान्तिकारीले कालो झण्डा गाडेको हो । नीजि विद्यालयहरुले मनोमानी शुल्क वृद्धि गरेको विरोधमा आन्दोलनमा रहेको सो संगठनले यस अघि सरकार र प्रमुख विद्यार्थी संगठन बीचमा भएका सहमती कार्यान्वयनको लागि दवाव दिन नीजि शिक्षण संस्थाहरुमा कालोझण्डा गाडिएको अखिल (क्रान्तिकारी) स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :