कुमार पौडेल हत्या छानबिन गर्न मानवअधिकार आयोग सर्लाहीमा

काठमाडौँ :असार ५ गते बिहीबार सर्लाहीमा प्रहरीले नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरेको विषयमा छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली सर्लाही पुगेको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य जीवन न्यौपानेको नेतृत्वमा एउटा टोली शुक्रबार बिहानै घटनास्थलतर्फ गएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश अवस्थीले दिएको जानकारीअनुसार मानवअधिकार आयोगको टोलीले दुई दिनभित्र घटनाको छानबिन गर्नेछ । कुमार पौडेलको हत्याको विषयलाई लिएर निष्पक्ष छानबिन हुनुपर्ने चौतर्फी आवाज उठिरहेको बेला मानवअधिकार आयोगको टोली घटनास्थल पुगेको हो ।
प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लखन्तीखोलामा नेकपाका नेता पौडेलको हत्या गरेको थियो । स्थानीय बासिन्दा र नेकपा स्रोतका अनुसार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली प्रहार गरी हत्या गरेको हो । प्रहरीले भने पौडेल दोहोरो मुठभेडमा मारिएको दाबी गरेको छ । प्रहरीले दोहोरो मुठभेड भनेको उक्त घटनाबारे आयोगले आफ्नो ध्यानाकर्षण भएको भन्दै छानबिन गर्ने जनाएको थियो । आयोगका सचिव÷प्रवक्ता वेद भट्टराईद्वारा ६ गते जारी विज्ञप्तिमा भनिएको छ, ‘दोहोरो भिडन्तका क्रममा प्रहरीको गोलीबाट यही असार ५ गते नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको भनिएको घटनाप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको छ ।’
नेकपाले आफ्नो पार्टीका जिल्ला नेताको हत्या भएको भन्दै यही असार १० गते नेपाल बन्दलगायत सङ्घर्ष घोषणा गरिसकेको छ ।
आयोगले घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न आयोगको केन्द्रीय कार्यालय एवम् प्रदेश नं. २ कार्यालयबाट टोली खटिएको पनि जनाएको थियो । आयोगको विज्ञप्तिमा भनिएको छ, ‘आयोगको उक्त टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी तत्कालै आयोगमा प्रतिवेदन पेस गर्नेछ । आयोगको उक्त टोलीलाई आवश्यक सहयोग पु¥याइदिनुहुन आयोग सम्बन्धित सबै पक्ष तथा सरोकारवालालाई आग्रह गर्दछ ।’ विज्ञिप्त…

मिति २०७६ असार ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :