धनकुटा इन्चार्ज विवशलाई रिहा नगरे कडा प्रतिरोध गर्ने नेकपाको चेतावनी(विज्ञप्तिसहित)


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गर्दै पार्टीका ब्युरो सदस्य एवम् धनकुटा जिल्लाका इन्चार्ज बाबुराम राई ‘विवश’लाई प्रहरीले असार ६ गते सङ्खुवासभा खाँदबारी नयाँ बजारबाट गिरफ्तार गरेको घटनाको भत्र्सना गर्दै तत्काल बिना सर्त रिहा गर्न माग गरेको छ ।

ब्युरो इन्चार्ज अनुद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘जनहत्यारो केपी÷पीके गठबन्धनको सामाजिक फासिवादी दलाल सरकार राष्ट्र र जनतालाई लुट्दै निहत्था जनताको हत्यामा उत्रिएको छ । शोषण, दमन र आफ्ना फासिस्ट हर्कतहरू प्रदर्शन गरिरहेको सरकार जनताको बीचमा स्थापित हुँदै गएका जनताका प्रस्तावहरूबाट अताल्लिएर आफ्ना कर्तुतहरू छोप्न हाम्रो पार्टीमाथि गिरफ्तारी र हत्याको शृङ्खला अगाडि बढाइरहेको स्पष्ट छ । हामी यसको सशक्त प्रतिरोध गर्नेछौँ ।’

यसैगरी विज्ञप्तिमा भनिएको छ, ‘हिजो खाँदबारी नयाँ बजारबाट गिरफ्तार गरिएका हाम्रो पार्टीका ब्युरो सदस्य एवम् धनकुटा जिल्ला इन्चार्ज कमरेड विवशलाई बिना सर्त तुरुन्त रिहा गरियोस् । अन्यथा कडा प्रतिरोध गरिनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :