अभियानमा हिँड्दाका अनुभूतिहरू

सामन्ती, निरङ्कुश राजतन्त्रसँगसँगै संसदीय व्यवस्थाको अन्त्यकालागि २०५२ साल फागुन १ गते जनताको आन्दोलन जनयुद्ध सुरु भएको थियो । जनयुद्धले राजतन्त्रको अन्त्य ग¥यो तर संसदीय व्यवस्थाको अन्त्य भएन । जनयुद्धको लक्ष्य थियो राजतन्त्रको अन्त्यसँगसँगै संसदीय व्यवस्थाको अन्त्य गर्ने, नयाँ जनवादी राज्यव्यवस्था लागू गर्ने, सामन्तीहरूले कब्जा गरेका स्रोतसाधन, जनताको पहुँचमा ल्याउने, उत्पादन बढाउने, राष्ट्रिय पुँजीको विकास गर्ने। जनयुद्धअघि बढ्दै जाँदा राजतन्त्रबाट निर्देशित संसदीय व्यवस्थाका चाटुकारहरू गाउँ पस्न सकेनन् । सदरमुकाममा खुम्चन बाध्य भए । आन्दोलन बढ्दै गयो । थुप्रै सहिद, बेपत्ता, घाइते भए । त्यसको परबाह नगरी जनयुद्ध अगाडि बढ्यो । दुस्मनको कित्तामा ८ रेक्टरको भुकम्प जाँदाजाँदै खुम्चन बाध्य भएका सिद्धिएका संसदीय व्यवस्थाका चाटुकारसँग प्रचण्डले ५ बुँदे हुँदै १२ बुँदे सहमति गरी नेपाल लोकतान्त्रिक गणतन्त्र मुलुक हुनेछ भनी खुम्चिएका चाटुकारसँगै सतीगए । विधिवत्रूपमा जनयुद्ध समाप्त भएको घोषणा गरे । क्रान्ति पूरा भएको छैन भन्दै क्रान्तिकारी नेता, कार्यकताले असहमति जनाउँदै आए । त्यही पर्वको महत्वलाई अझ बढी प्रकाश पार्नुपर्छ भन्दै नेपाल कम्युनिस्ट पार्टीले देशैभर २४ औँ जनयुद्ध दिवस मनायो । यो पर्व मनाउनकालागि र सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ मा भाग लिनकालागि कमरेड डीबी र म १ गते बिहान तेह्रथुमतिर लाग्यौँ । त्यस दिन हामी क्रान्तिकारी परिवर्तन चाहने शक्तिको महान् पर्व थियो । पर्वसँगसँगै हाम्रो २ महिने अभियान उद्घाटन थियो । यी दुवै कार्यक्रम हाम्रा लागि महत्वपूर्ण थिए । तेह्रथुम लाग्दै गर्दा हामीसँग केही कलाकारका सामान पनि थिए । हामी २ जना दिउँसो २ बजे तेह्रथुम पुग्यौँ । हामी पुग्दा कार्यक्रम उद्घाटन हुने तयारीमा रहेछ । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य कमरेड आधार र अन्य कमरेडसँग हाम्रो भेट भयो । भेट हुँदा हामी सबैखुसी भयौ । किनकि फागुन १ गते सच्चा कम्युनिस्टहरूको पर्व थियो । पर्वसँगसँगै नेपालमा बाँकी रहेको दलाल संसदीय व्यवस्था जरैदेखि उखेल्ने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान उद्घाटन थियो । त्यस अर्थमा हामीखुसी थियौँ ।

प्रमुख अतिथिद्वारा अभियान उद्घाटन भयो । त्यहाँ केहीमानिसहरू चौरमा बसेका थिए । केही विद्यार्थी लहरै बेन्चमा बसेका थिए । सबैजना कार्यक्रमलाई राम्रोसँग नियालिरहेका थिए । कार्यक्रमको तालिकाअनुसार कार्यक्रम अगाडि बढ्यो । शुभकामना आदानप्रदान र सङ्गठन विस्तार अभियानकाविषयमा शुभकामना मन्तव्य राख्न सञ्चालक कमरेड दीपाले मलाई बोलाउनुभयो । मैलेशुभकामना आदानप्रदान र सङ्गठन सुदृढीकरण तथा विस्तारको मन्तव्य राखेँ । उपस्थित अतिथिहरूले पनि शुभकामना आदानप्रदान मन्तव्य राख्नुभयो । प्रमुख अतिथिका रुपमा पार्टीका केन्द्रीय सदस्य कमरेड आधारले मन्तव्य राख्नुभयो । सञ्चालक कमरेडले त्यस स्कुलका सबै शिक्षकहरूलाई अतिथिका रुपमा बोलाउनुभयो तर उहाँहरू डरत्रास बोकेर अगाडि आउन सक्नुभएन । पछाडि चौरमै बसिरहनुभयो । यो देशको शासन सत्ता दलालहरूको हातमा थियो । त्यही दलालहरूका मतियार हुनाले अगाडि आउन सक्नुभएन ।

कार्यक्रम अगाडि बढ्दै थियो । एक्कासि२ वटा मोटरसाइकलमा दलाल राज्यसत्ताका चौकीदार पुलिसहरू बन्दुकसहित आए । लाग्थ्यो, त्यहाँ ठूलै भिडन्त हुँदैछ। उनीहरूको अगाडि १ जना सई रहेछ पर्शुराम गिरी । यसले आफूलाई निकै ठूलो हुँ भन्ने व्यवहार प्रदर्शन गरिरहेको थियो । सबै ब्यानरको नारा रिपोर्ट गर्दै थियो । हामीले भन्यौँ– के हो, आज फागुन १, जनयुद्ध दिवस । सरकारले पनि मनाएको छ । हामीले विभिन्न जिल्लाको सदरमुकाममा ठूलो कार्यक्रमकासाथ मनाएका छौँ

समाज जनताभन्दा बाहिरको जस्तो देखिने त्यो प्रहरीले हाम्रो कुरा सुनेको नसुनेझैँ गरी माथिको आदेश भन्दै हाम्रा कलाकारका झोला खोली नागरिक स्वतन्त्रतामाथि हनन गने काम ग¥यो । त्यो कदम जनताका कलाकारमाथि थियो । त्यो कदम सहन नसकी कमरेड आधारको नेतृत्वमा हामीलेप्रतिवाद ग¥यौँ र आङ्दिमबाट हामी कार्यक्रम सकी एकीकृत जनक्रान्तिको कार्यदिशाबाट वैज्ञानिक समाजवादलागू गर्नहामी अगाडि बढ्यौँ । बढ्दै जाँदा जनताको अपार साथ पायौँ। हामी पञ्चकन्या पुग्दा बाटोमा एकजना युवा र एकजना वृद्धा भेटिए । उहाँहरूले हामीलाई सोध्नुभयो– तपाईंहरू को हो ? कहाँ जाँदै हुनुहुन्छ ? हामीले भन्यौँ– हामी नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता हौँ । उहाँहरू बडो उत्सुकताकासाथ सोध्दै हुनुहुन्थ्यो– सरकार पनि कम्युनिस्टको छ हैन सर ? कि क्या हो ? त्यसैबीचबाट मैले भनेँ– सामाजिक दलाल सरकार नक्कली कम्युनिस्ट नामधारी हो । प्रश्न गर्ने जनता छेउमै आएर– तपाईंहरूचाहिँ कुन हो त ? भनी जान्न चाहेजस्तो गरी सोधे । मैले भनेँ– हामी सच्चा कम्युनिस्ट पार्टीका क्रान्तिकारी हौँ । हाम्रो महासचिवविप्लव हुनुहुन्छ । यसो भनेपछि उहाँले भन्नुभयो– धेरै राम्रो । जनताका कुरा लिएर आउनुभयो । मेरो घर पञ्चकन्या खिरखिरे हो ।तपाईंहरू मेरो घरमा आउनुपर्छ

हामीहुन्छ भन्दै त्यहाँबाट छुट्यौँ । अगाडि बढ्दै जाँदा हामीले त्योबस्तीलाई राम्रोसँग नियालिरहेका थियौँ । नियाल्दा–नियाल्दै हाम्रोअगाडि एउटा धारो देखियो । त्यस धारामा २३ वटा गाग्री थिए ।मलाई उत्सुकता जाग्यो । किन यत्रो गाग्री भन्दै थिए ।पञ्चकन्यामा पढाउने एकजना शिक्षक आएर भने–के गर्नु, पानीको धेरै अभाव छ ।

मैले भनेँ– सामन्ती राज्यसत्ताको दोष हो ।हामीले हाम्रो यात्राका विषयमा कुरा गरेर अघि बढ्यौँ । त्यसबेला बिहानको ९ बजेको थियो । बाटोमा जाँदाजाँदै जनप्रतिनिधि भेट भयो । केहीबेर देश रसरकार, राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार दलालीकरण, बलात्कार, जनजीविकाका विषयमा कुरा ग¥यौँ । उनी निरीह हुँदै देशको अवस्था खत्तम भयो भन्ने जबाफ दिँदै थिए । समाजको अन्तरविरोधलाई सही पहिचान गरी राष्ट्रिय पुँजीको निर्माण गरी समान वितरण प्रणाली लागू गर्ने व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था हो भन्दा उनले ठीक छ, शुभकामना भने।

त्यहाँ संवाद चलिरहँदा केही दलाल सरकारका चाटुकारहरूको फोन आइरहेको थियो । उनी फोन उठाउने पक्षमा थिएनन् । हामीले फोन उठाई कुरा गर्नुहोस्, केही प¥यो भने हामीलाई सम्झनुहोला भनीअगाडिलाग्यौँ । जनतासँग गहिरोसँग सम्बन्ध कायम गर्ने यात्रा अगाडि बढ्यो । मजदुर, किसान, दलित, जनजाति, श्रमजीवी वर्गको राज्यसत्ता स्थापना नभइन्जेल यात्रा अगाडि बढ्नेछ भन्दै हामी जनताको घरघरमा गई सबैलाई सङ्गठित गरी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन आमजनता, शोषित–पीडित, मजदुर, महिला,किसान, अग्रगमन र परिवर्तन चाहनेसबैलाई एक हुनकालागि यस क्षेत्रका जनतासँग अन्तरक्रियामा भाग लिई हाम्रो यात्रालाई निरन्तर अगाडि बढाउन हिँड्यौँ । दलाल, भ्रष्टाचारी, बिचौलिया नवऔपनिवेशिक, नवसामन्तहरूको अन्त्य गरी राष्ट्रियता, स्वाधीनता, समानता, शान्ति, समृद्धि, राष्ट्रिय पुँजीको विकास, निजी पुँजीको अन्त्य गरी एकीकृत जनक्रान्तिको कार्यदिशाबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सबै श्रमजीवी तथा उत्पीडित जनता, मध्यम वर्ग, बुद्धिजीवी, कलाकर्मी, सेना, प्रहरी, कर्मचारी, पत्रकार, न्यायालय सबैमा आह्वान गर्दछौँ ।

२०७६ असार २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :