विकाश र सुमनलाई तुरुन्त रिहाई नगरे कडा संघर्ष गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी जिल्ला इन्चार्ज मास र सेक्रेटरी अपिलले शनिबार एक विज्ञप्तिमार्फत युवा संगठन नेपालका जिल्ला अध्यक्ष विकास गुप्ता र जिल्ला सदस्य सुमनलाई महोत्तरीबाट अपराधी शैलीमा अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरिएकोमा केपी–प्रचण्डको दमनकारी सरकारलाई तुरुन्त विनासर्त स–सम्मान रिहाई गर्न माग गरेका छन् ।

इन्चार्ज/सेक्रेटरीको विज्ञप्तिमा भनिएको छ, ‘केपी, प्रचण्ड दलाल भ्रष्ट सरकारका मतियार बादल प्रशासनले हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी महोत्तरी जिल्लाको अखिल युवा संगठन नेपालका जिल्ला अध्यक्ष कमरेड विकास गुप्ता र जिल्ला सदस्य कमरेड सुमनलाई औरहीबाट घर गौशाला फर्कदै गर्दा बाटोमा राती १० बजे अपराधी शैलीमा विनाकारण गिरफ्तार गरेको छ । विना शर्त तुरुन्त रिहा गर्न यो विज्ञप्तिमार्फत अनुरोध गरेको छ । रिहा नगरे हाम्रो पार्टी कडा भन्दा कडा संघर्ष गर्न बाध्य नपारियोस संघर्षमा भएका घटनाको यो नालयक दलाल सरकार आफै जिम्मेवार हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ असार १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :