धनुषाबाट राईन गिरफ्तार, नेकपाद्वारा तुरुन्त रिहाइको माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका धनुषा जिल्ला इन्चार्ज प्रकाश र सेक्रेटरी ताराले शनिबार एक विज्ञप्तिमार्फत जिल्ला सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य जाहिर राईनलाई धनुषाबाट अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरिएकोमा केपी–पिके दमनकारी सरकारलाई तुरुन्त विनासर्त स–सम्मान रिहाई गर्न माग गरेका छन् ।

इन्चार्ज/सेक्रेटरीको विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्टको खोल ओढेको सामाजिक दलाल फासिवादी केपी–बादल मण्डली सरकारद्वारा जनताको अधिकार तथा मुक्तिको आवाज उठाइरहेको हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदै हाम्रो पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुलाई अमानवीय र गैरकानुनी ढङ्गले दमन गर्ने, गिरफ्तार गर्ने र झुट्टा मुद्दा लगाउने काम गरिरहेको छ । यसै क्रममा पार्टी सङ्गठनको कामको सिलसिलामा रहेको बेला हाम्रो पार्टीका जिल्ला सदस्य तथा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य जाहिर राईनलाई २०७६ जेठ ३१ गते दिउँसो धनुषाबाट अमानवीय र गैरकानुनी ढङ्गले गिरफ्तार गरिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिए छ, ‘वर्तमान केपी–बादल मण्डली सरकारको यस प्रकारको गैरकानुनी, गैर राजनीतिक र कायरतापूर्ण अमानवीय हर्कतको हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । दमन, गिरफ्तार र झुट्टा मुद्दाले इतिहासमा कहिल्यै जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने स्मरण गराउँदै यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडलाई तत्कालै विनासर्त स–सम्मान रिहा गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा त्यस विरुद्ध सशक्त प्रतिरोध सङ्घर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार आफैं हुनुपर्ने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गराउँदछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ असार १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :