‘कञ्चन’का बुवाको निधनप्रति रुकुम जिल्लाद्वारा श्रद्धाञ्जली (विज्ञप्तिसहित)


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)का चन्द्रबहादुर बुढाले पार्टी जिल्ला सचिवालय सदस्य हिरामणी रावल ‘कञ्चन’का पुजनिय बुवाको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । जेठ ३१ गते शुक्रबार असामयीक निधन भएको थियो । सेक्रेटरी बुढाले विज्ञप्तिमा शोकाकुल रावललगायत परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

सेक्रेटरी बुढाले विज्ञप्तिमा भनेका छन, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी रुकुम (पश्चिम)का जिल्ला सचिवालय सदस्य कमरेड हिरामणी रावल ‘कञ्चन’का पुजनिय बुवाको मिति २०७६ साल जेठ ३१ गतेका दिन भएको असामयीय निधनको खबरले हाम्रो सिङ्गो पार्टीपंक्तिलाई स्तव्ध र मर्माहित बनाएको छ । यो दुःखत तथा शोकाकुल घडीमा पुजनिय बुवाको मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोकाकुल परिवार तथा आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ असार १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :