महोत्तरीमा युवा संगठन नेपालको प्रथम भेला सम्पन्न


महोत्तरी : प्रतिबन्धको बीचमा पनि नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल महोत्तरीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

विशालको अध्यक्षतामा भेलाका प्रमुख अतिथि जिल्ला इन्चार्ज रुपेश कार्की, विशेष अतिथि जिल्ला सेक्रेटरी भीम आले बुद्धिमान हुनुहुन्थ्यो भने संचालक विकल्पले गर्नु भएको थियो

भेलाले विकल्पको संयोजकमा १५ सदस्यीय र ३ जना वैकल्पिक सदस्य चयन गरेको छ । संयोजकमा विकल्प र सदस्यहरु क्रमश : रतन, सुमन, करण, रामनाथ, प्रभु, लालबाबु, श्याम, सुकेश, किरण, दिनेश, सुमन मगर, पुरण, प्रदिप र चन्दु रहेका छन् भने वैकल्पिकमा कमेश्वर, शत्रुधन र तोकराज चयन भएका छन् ।

२०७६ जेठ २८ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :