गिरफ्तार नेता तथा कार्यकर्ताहरुलाई नेकपाद्वारा तुरुन्त रिहाईको माग (विज्ञप्तिसहित)


कास्की : संविधानले दिएको मौलिक अधिकारलाई कुल्चिएर आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोमा नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कास्कीले आपत्ति प्रकट गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कास्कीका इन्चार्ज रुपेशले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना २२ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएकोप्रति आपत्ति प्रकट गरेका हुन् । उनले संविधानले दिएको अधिकार प्रयोग गरी शान्तिपूर्ण तरीकाले बिना हातहतियार जम्मा भै बैठक गरिरहेको अबस्थामा गरिएको गिरफ्तारीको घोर भत्र्सना पनि गरेका छन् ।

उनले आफ्नो विज्ञप्तिमा अघि भनेका छन्, ‘विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासीवादी दलाल सत्ताले वैज्ञानिक समाजवादी राज्यस्थापनाका लागि देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवास्वप्न देख्दै व्यापक दमनमा उत्रिएको सर्व्विदितै छ । आफ्नो दलाल सत्ता जोगाउन उसले संविधानले नै मौलिक हकका रुपमा निर्धारण गरेको ‘विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने’ अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको छ ।’

‘संविधानले दिएको अधिकार प्रयोग गरेर आफ्नो पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला कमिर्टी कास्की र पृथ्वीनारायाण क्याम्पस जिल्ला कमिर्टीको संयुक्त बैठक शनिबार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ उरीस्थित एक आमा समूहको घरमा बसिरहेका बखत दलाल सत्ताका मतियारहरुले बैठकस्थललाई घेरा हाली आतंक मच्चाएर व्यापक गिरफ्तारी गरिएको’ को कुरा विज्ञप्तिमा उल्लेख गर्दै बैठक स्थलबाट कास्की पार्टीका जिल्ला सेक्रेटरी विवेक भण्डारी ‘आक्रोश’, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं गण्डक ब्यूरो संयोजक मिलन राई, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्षद्वय जिल्ला कमिटी कास्कीका काजी गुरुङ र पृथ्वीनारायाण क्याम्पस जिल्ला कमिर्टीका प्रकाश बाास्तोला लगायत २२ जना आफ्रना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको जानकारी दिएका छन् । उनले सोही विज्ञाप्तिमार्फत ‘सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकार’ले गिरफ्तार गरेका आफ्ना नेता तथा कार्यकर्तालाई निःशर्त रिहाईको माग पनि गरेका छन् । साथै उनले यदि राजनीतिक स्वतन्त्रताको सुनिश्चितता नभए र जनदमन जारी रहे थप संघर्षमा जान बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

नेकपा कास्की इन्चार्ज रुपेशले ‘सामाजिक फासीवादी दलालसरकार’द्वारा जारी जनदमनको विरोधमा उत्रिन न्यायप्रेमी देशभक्त, राष्ट्रवादी, उत्पीडित समुदाय, ब्यबसायीहरु, बुद्धिजिवी, पत्रकार, मानवअधिकारवादी संघ संस्था, राष्ट्रसेवक लगायत सवैमा अपिल गरेका छन् भने जनताको राजनीतिक अधिकारको रक्षार्थ भए गरेका संघर्षहरुमा सहयोग, समर्थन र ऐक्यबद्धता जनाईदिनुहुन पनि सोही बिज्ञप्तीमार्फत हार्दिकतापुर्वक अनुरोध गरेका छन् । विज्ञप्तिको पूर्णपाठ….

२०७६ जेठ २६ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :