सरकारी निकायसँग सेटिङ मिलाएरै तस्करी गर्नेलाई जनपरिषदको चेतावनी


दाङ : सरकारी निकायसँग सेटिङ मिलाएर विगत लामो समयदेखि अवैधानिक ढंगले दाङका नदी किनारामा सञ्चालन गर्दै आइरहेका क्रेसर उद्योगहरु बन्द गर्न जनपरिषद दाङले १५ दिनको समय दिएको छ । सरकारी निकायसग सेटिङ मिलाएर अबैधानिक रुपमा राप्ती नदी र दाङका खोलाहरु ब्यापक उत्खनन गरी गिटी बालुवा तस्करी भएको हुदा क्रसर उद्योग सञ्चालनका लागि मिलाएका कागजपत्र यथाशीघ्र जिल्ला जनपरिषद कार्यलयमा पेश गर्न पनि जिल्ला जनपरिषद दाङले आग्रह गरेको छ ।
जिल्ला जनपरिषद दाङका कार्यलय सचिव शिवु थारुले एक पत्रमार्फत अवैधानिक ढंगले राप्ती नदी र आसपासका खोलाहरु उत्खनन् गरि गिट्टी बालुवाको तस्करी भइरहेको भन्दै १५ दिनभित्र क्रसर उद्योग बन्द गर्न र उद्योग सञ्चालनका लागि मिलाएका कागजपत्र यथाशीघ्र जिल्ला जनपरिषद कार्यलयमा पेश गर्न यो पत्रमार्फत आग्रह गरेका हुन् । जनपरिषदको आग्रहलाई बेवास्ता गरे जनपरिषदको नियम अनुसार क्रेसर उद्योगमाथि कार्वाही हुने चेतावनी  पत्रमार्फत दिइएको छ ।
मिति २०७६ जेठ २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :