माथिल्लो कर्णाली जलविद्युत परियोजनामा बम बिस्फोट

अछाम : माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा शक्तिशाली बम बिस्फोट भएको छ । अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको हो । बम बिस्फोटबाट जलविद्युत परियोजनाको कार्यालय र नजिकैको शाैचालय पुर्णरुपमा ध्वस्त भएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको छ । बम बिस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीका अनुसार बिहानैदेखी घटनास्थल र आसपासका क्षेत्रमा ब्यापकमात्रामा प्रहरी परिचालन गरिएको छ ।
निकै विवादीत उक्त जलविद्युत परियोजनामा यस अघि पनि बम बिस्फोट भएको थियो । ९ सय मेगावाट क्षमताको उक्त जलविद्युत परियोजना भारतीय कम्पनी जिएमआरलाई दिइएको भन्दै विभिन्न राजनैतिक पार्टीहरुले बिरोध जनाउदै आएका थिए । नेपालको आफ्नै लगानीमा बनाउन सकिने जलविद्युत आयोजना कमिसनको खेलमा भारतीयहरुलाई सुम्पिएको भन्दै शुरु देखीनै बिरोध भैरहेको छ ।

२०७६ जेठ २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :