सिन्धुलीको युवा भेलामा प्रहरी दमन

सिन्धुली : सिन्धुलीको दुधौलि नगरपालिका अरुदमारमा आज (शनिबार) युवा संघ नेपालको दोस्रो भेलामा प्रहरी र युवाहरुबीच झडप भएको छ । प्राप्त समाचार अनुसार उक्त जिल्ला भेलामा २ सय ६० जना भन्दा बढी युवा र नेकपाका केन्द्रीय सदस्य देवनारायण शाहको उपस्थितिमा कार्यक्रम शुरु हुन लाग्दा प्रहरी सो कार्यक्रम स्थलमा पुगेपछि होहल्ला हुँदै युवाहरुले प्रहरीको घेरा तोड्न सफल भएका थिए । प्रहरीले गाउँ घेरा हाली सर्च अभियान चलाई स्थानीय सर्वसाधारणलाई भयवित बनाइरहेको नेकपाका सिन्धुली जिल्ला सेक्रेटरी दिनेश शारुले बताएका छन् । सिन्धुलीको दक्षिणपुर्व र उदयपुरको कटारी बजार नजिकै कार्यक्रमस्थल पर्दछ ।

२०७६ जेठ २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :