महान तिम्रो सान

कविता

कमरेड गोकुल उपनाममा थियौ एक महान्
तिम्रो त्याग र साहसले उच्च थियो हाम्रो सान
विरासत पार गर्दै आज बेजोडको वीरता देखायौ ।
सुगन्धित सुनौलो अक्षरले अमिट नाम लेखायौ ।
परिवार त्यागी स्वतन्त्रताको मुक्तिलाई अँगाल्यौ ।
जनयुद्धदेखि समाजवादसम्म क्रान्ति सँगाल्यौ ।
नम्र बोली, विराट विश्वास कटिबद्ध थियो काम ।
भुल्नेछैन धरती नभने वीर योद्धाको नाम ।
निसङ्कोच निडर भएर अघि बढेथ्यौ काममा
इतिहासले सुनौलो शब्द राखिदियो तिम्रो नाममा
मुक्तिका निमित्त नमरी सहिद हुँदैन कोही
निःस्वार्थ बलिदानीबेगर मरे नि सहिद हुँदैन जोही ।
अदम्य साहस देखायौ तिमीले प्रिय महान
तिमीमा गौरव गर्दै अभैm उचो हुनेछ सान ।
श्रद्धाञ्जली अर्पण गर्छौं तिमीलाई आज
पूर्ण श्रद्धाञ्जली अर्पित गर्नेछौँ समाजवादको माझ ।
हामी निरन्तर हुनेछौँ एकीकृत जनक्रान्तिमा साथी
निरन्तर यात्रामा भए नि निष्पट् अँध्यारोको राती ।
हाम्रो समाजवादको सपना कदापि अधुरो हुनेछैन कतै ।
सफलताको शिखर नजिक छ कमरेडहरू जतै ।
रहेन त के भो तिम्रो भौतिक शरीर विचार मरेको छैन
समाजवादका लागि भयो पार्थिव शरिर अन्यको लागि होइन ।
विचार बलियो थियो बोकी समाजवाद भएर जस्तै फलाम
तिमीलगायत सम्पूर्ण सहिदलाई हाम्रो लालसलाम ।

२०७६ जेठ २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :