घाइतेहरुको उपचारमा प्रहरीको अवरोध : त्यस व्यवहारको नेकपाद्वारा निन्दा (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताद्वारा हस्ताक्षरित शुक्रबार एक विज्ञप्तिमार्फत विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको ओली–बादल गृह प्रशासनलाई कडा चेतावनी दिएका छन् ।

‘ओली–बादल मण्डलीको गृह प्रशासनले जेठ ७ गते राजनीतिक कार्यक्रममा हिडिरहेका हाम्रो पार्टीका युवा कमरेड तिर्थ घिमिरे ‘राजु’लाई निशस्त्र अवस्थामा गिरफ्तार गरेर पार्टी पंक्ति र जनसमुदायलाई तर्साउने र राजनीतिक वातावरण उत्तेजित पार्ने उद्देश्यले हत्या गर्यो । त्यसप्रकारको सरकारी अपराधको विरुद्ध पार्टीले जेठ १३ गते आम हड्तालसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो । सो कार्यक्रम सफल पार्ने क्रममा प्राविधिक समस्याको कारण घाइते भएका ५ जना कमरेडहरु सहिद मेमोरियल अस्पताल (कलंकी), ट्रमा सेन्टर (रत्नपार्क) र ओम अस्पताल (चावहिल) काठमाडौंमा उपचार गराइरहनु भएको छ । तर फासिष्ट दलाल सरकारको गृहप्रशासनले घाइतेका आफन्तलाई सहज रुपमा भेट्न नदिने, तर्साउने, अवरोध गर्ने, विरामीलाई ‘एम्बुस’को रुपमा प्रयोग गर्ने, कुरुवालाई दुःख दिने, विरामीलाई भयभित पारेर उपचारमै अवरोध गरिरहेको छ । हाम्रो पार्टी त्यस व्यवहारको निन्दा गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत प्रवक्ता प्रकाण्डले त्यसप्रकारको ज्यादती तत्काल नरोके कडा संघर्षमा उत्रने चेतावनी दिँदै यस्तो अवस्थामा सरकारी ज्यादती रोक्नकोलागि आवश्यक कदम चाल्न सबै अधिकारकर्मी, नागरिक समाज र न्यायप्रेमी जनसमुदायमासमेत अपिल गरेका छन् । विज्ञप्तिको पूर्णपाठ….

२०७६ जेठ २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :