कैलाली र कञ्चनपुरमा नेकपाद्वारा आफ्ना सम्पूर्ण कार्यकर्तालाई उद्दारमा खट्न निर्देशन (विज्ञप्तिसहित)

विनासकारी हावा हुरी चल्दा २ को मृत्यु, दर्जनौं घाइते


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताद्वारा हस्ताक्षरित शुक्रबार एक विज्ञप्तिमार्फत बिहीबार साँझ गरिव ८ बजे कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आउँदा २ जनाको मृत्यु र दर्जनौ घाइते भएकोमा दुःख ब्यक्त गरेका छन् ।

‘जेठ २३ गते (बिहीबार) साँझ पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा आँधी–हुरीसहित असिना पानीको कारण २ जना नागरिकको दुःखद मृत्यु र दर्जनौं नागरिक घाइते भएको खबरले पार्टी दुःखी भएको छ । हाम्रो पार्टी मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकूक आफन्तजनप्रति सहानुभूति व्यक्त गर्दछ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । मृतकका परिवारलाई राहत, घाइतेहरुको निशुल्क उपचार र पीडितहरुलाई उचित क्षतिपूर्ति दिन माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत ‘वर्षा, आँधी, हुरी, सितलहर, बाढी, पहिरो र आगलागी रहेक सानो भन्दा सानो प्राकृतिक प्रकोपमा ठूलो धनजनको क्षति हुने गरेको छ । प्राकृतिक प्रकोप तथा दुर्घटनालाई रोक्न सकिन्न तर न्युनीकरण गर्न सकिन्छ । नागरिकप्रतिको राज्यको बेवास्ता र लापरवाहीका कारण यसप्रकारका घटनाहरु बढिरहेका छन् र मुलतः गरिव जनता प्रताडित भैरहेका छन् । प्राकृतिक प्रकोपलाई न्युनीकरण गर्न र उचित व्यवस्थापनकोलागि पनि जनपक्षीय शासन प्रणाली आवश्यक हुन्छ । त्यसकोलागि दलाल पुँजीवादी व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुनुपर्छ । यो पीडाको घडीमा सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारको काममा खट्न पनि निर्देशन गर्दछ ।’ भनिएको छ । विज्ञप्तिको पूर्णपाठ…..

२०७६ जेठ २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :