अपडेट : हावाहुरीमा परि दुईको मृत्यु, १०० जना घाइते

काठमाडौँ : कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी दुई जनाको मृत्यु भएको छ भने कैलाली र कञ्चनपुरमा गरि १०० जना घाइते भएका छन् । हावाहुरीमा परी मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको समाचार प्राप्त भएको छ ।

हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको समाचार प्राप्त भएको छ । यस्तै कैलाली आसपासमा जम्मा ३२ जनालगायत १०० जना घाइते भएको समाचार छ ।
अन्य क्षतिको विवरण भने आउन छ भने तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ ।
घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको समाचार प्राप्त भएको छ ।

२०७६ जेठ २४ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :