हावाहुरीमा परि एकको मृत्यु, ५३ जना घाइते

काठमाडौँ : कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी एक जनाको मृत्यु भएको छ भने कैलाली र कञ्चनपुरमा गरि ५३ जना घाइते भएका छन् ।
हावाहुरीमा परी घाइते भएका गोदावरी नगरपालिका माझगाउँका वीरबहादुर चौधरीको उपचारका क्रममा मृत्यु भएको समाचार प्राप्त भएको छ ।
हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको समाचार प्राप्त भएको छ । यस्तै कैलाली आसपासमा जम्मा ३२ जना घाइते भएको समाचार छ ।
अन्य क्षतिको विवरण भने आउन छ भने तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ ।
घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको समाचार प्राप्त भएको छ ।

२०७६ जेठ २४ गते शुक्रबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :