उत्तरसाम्राज्यवाद विरुद्ध संस्कृतिकर्मी

20170617_160912[1]
काठमाडौं/जेठ ३, नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले “दलालहरूका विरुद्ध लड्ने संस्कृति नै क्रान्तिकारी संस्कृति हो” भनेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिद्वारा आयोजित ‘संसद्वाद, फासिवाद र सांस्कृतिक आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै बास्तोला उक्त कुरा बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा ईश्वरचन्द्र ज्ञवाली, घनश्याम शर्मा पौडेल, रोशन जनकपुरी र रामविनय श्रेष्ठ प्रस्तुत विषयमाथि आ–आफ्ना धारणा राखेका थिए ।  20170617_160225[1]
कार्यक्रममा पूर्णविराम, आरोह नेपाली र खोमा तरामुले सिर्जनावाचन गरेको थिए । पद्मकन्या क्याम्पसको डेनिस हल, बागबजारमा सम्पन्न दर्शकहरूले खचाखच भरिएको उक्त कार्यक्रमको अध्यक्षता अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष टेक बलम्पाकी र सञ्चालन महासचिव खेम थपलियाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :