वेपत्ता परिवारको आक्रोस/यो राष्ट्रिय लज्जाको दिन हो – दमननाथ ढुङ्गाना

20170617_122112
काठमाडौं/असार ३, विद्यार्थी नेताहरु विपिन भण्डारी र दिलबहादुर राईलाई तत्कालीन शाही सेनाले वेपत्ता पारेको दिन असार ३ गते ‘वेपत्ता योद्धा परिवार समाज’ ले वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । पूर्व सभामुख एवं मानवअधिकारकर्मी दमननाथ ढुङ्गानाले ‘वेपत्ता नागरिकको स्थिति आजसम्म अन्यौलपूर्ण रहनु राष्ट्रिय लज्जाको विषय हो’ भन्नुभएको छ । महान्ययाधीवक्ता रमणकुमार श्रेष्ठले ‘द्वन्दकालीन मुद्धा राजनीतिक विषय भएको हुनाले फौजदारी मुद्धाझै हेरेर समस्याको समाधान नहुने’ बताउनु भयो ।  कार्यक्रममा अधिवक्ता सुमन, नयाँ शक्ति पार्टीकी बलावती शर्मा, अधिकारकर्मी विश्वप्रकाश, जलस्रोतविज्ञ गोपाल शिवाकोटी ‘चिन्तन’, अधिकारकर्मी यमबहादुर किसान, राष्ट्रिय मानवअधिकार आयोगका सुदिप पाठक, अधिकारकर्मी प्रदिप पोखरेल, रातो पार्टी विधुतीय सञ्चारका ओम शर्मा, नेकपा (माओवादी केन्द्र) की यशोदा सुवेदी, अधिवक्ता विश्वकान्त मैनाली, नेपाली कांग्रेसकी नेत्री कमला पन्त, इन्सेकका कृष्ण गौतम, नेकपा (क्रान्तिकारी माओवादी) की लक्ष्मी मुडभरी, पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, नेकपाकी नेत्री सावित्रा दुरा, वेपत्ता नागरिक छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, अधिकारकर्मी कपिल श्रेष्ठ, टिआरसीका श्रीकृष्ण सुवेदीलगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता एकराज भण्डारी गर्नुभएको सो कार्यक्रम काठमाडौं रामशाहपथस्थित महान्यायाधीवक्ताको कार्यालय सभाकक्षमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :