गणतन्त्र नभई लुटतन्त्रको आभास

bishnu koiralaविष्णु कोइराला
हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको ८औं महाधिवेशनबाट जनयुद्धकालका अपुरो सपना पूरा गर्ने अठोटका साथ संसदिय दलाल व्यवस्थाको खारेज गरौं । शान्ति समृद्धि र समानताको लागि वैज्ञानिक समाजवाद स्थापना गरौं भन्ने मूल नाराका साथ भब्य रुपमा महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले स्थानीय तहको निर्वाचनलाई खारेज गर्ने निर्णय एकमतले हलले पारित ग¥यो । सो निर्णयलाई कार्यान्वयन गराउन म आतुर थिएँ । र कार्यक्षेत्रमा प्रवेश गर्दा साथ पार्टीका निर्णयहरुलाई कार्यन्वयन गराउन जनताको सामु जाने क्रममा प्रतिक्रियावादी दलाल फासिष्टा सरकारका खेतालाहरुले हाकिम चोक स्थित घरमा आई भाडा दिइएको कोठामा बसेकी थिएँ । एक्कासी मलाई मेरो नाम लिई विष्णुकोइराला खोइ भनि सोधे, महिला इनिस्पेक्टर अन्जाना श्रेष्ठको कमाडमा आएको एस.एस.पि. दिपक थापाले केही सोध पुछ गर्नु प¥यो भनि तपाईलाई बोलाउनु भएको छ, भनि सेतो भेनमा राखेर एस.पि. समक्ष ल्याए र मलाई केहि समय विष्ट कक्षमा राखियो र केहि बेर पछि एस.एस.पि. को कमाडमा पाँच जना टोलीले पालै–पालो मलाई प्रश्न गरी ट्रचर गर्न थाले एस.पि.ले. तपाईले के गर्नु हुन्छ भनि प्रश्न गरे, र मैले म नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी, केन्द्रीय सदस्य तथा चितवन जिल्ला अध्यक्षको जिम्मेवारीमा वहन गरेकी छु ।

एस.पि. दिपक थापाले तपाईको पार्टी योजना के छ ? बाहिरबाट कति लडाकु आएका छन् ? तपाईको डि.सि.एस कहाँ बस्नु हुन्छ? फोन नम्बर कति हो ? र तपाईको पार्टी अब कसरी जान्छ ? भनि प्रश्न गर्नुभयो । र मैले पार्टी निति अनुरुप प्रश्नको उत्तरमा मलाई केहि पनि थाहँ छैन डि.सि.एस जनताको घरमा बस्नु हुन्छ, उहाँको नम्बर छैन, र पार्टी कसरी जान्छ भन्ने प्रश्नमा मैले सबैकुरा राज्यको व्यवहारमा भर पर्छ । राज्यले जस्तो व्यवहार गर्छ त्यसको प्रतिरोध गर्न क्रान्तिकारी पार्टी र जनता तयार हुन्छन् । यति प्रश्न सोधिसकेपछि मलाई पुलचोक वडा प्रहरी कार्यालयमा लगे त्यहाँ पुग्दा सयोद्धा संगठनकी उपाध्यक्ष क. टिका न्यौपानेलाई देख्दा भावुक बनायो । र कता कता राज्यले महिलाहरुमाथि गरेको व्यवहारले म भित्र क्रान्तिको ज्वारभाटा उत्पन्न हुन पुग्यो । प्रहरी हिरासत भित्रको वातावरण देख्दा र महिलाहरुलाई देशमा गणतन्त्र आएको नभएर लुटतन्त्र आएको आभाष भयो । हामीले केही नगर्दा हामी माथी किन दमन र महिला मुक्तिका आन्दोलनहरुले महिलाहरुका पिडा उस्तै छन् । ति समस्याको समाधान कहिले हुन्छ ? भनी मनमनै प्रश्नहरु खलीरह्यो । हिरासत बस्दा प्रहरीहरुले राजनीतिक कुरा गर्न नदिँदा पत्रपत्रिका पढ्न नदिँदा दशवर्ष लडेको प्रचण्ड फाँसीवादमा पुगेको अनुभूति प्रत्यक्ष भयो ।

बाहिर प्रतिक्रिवादी सरकारसँग लड्दा लड्दै हिरासतमा पुग्नु परेको अवस्थामा पनि उपिया, उडुस, दुर्गन्धित वातावरण, भरिएको ट्वाइलेट, रक्सीले मातेका पुलिसँग पनि डटेर लड्नु परेको वास्तविकता पनि यहाँ छर्लङ्ग देखिन पुग्यो । विभिन्न पार्टीका नेताहरुले हाम्रो पार्टीमा आउनुहोस् हाम्रो पार्टीले तपाईंलाई छुटाउन सहयोग गर्छौं भन्दै गरेको अनुचितको कुरामा सम्झौता गर्न मेरो नैतिकताले ठाडै अस्वीकार गरी उल्टै तपाईंहरु नै हाम्रो अभियानलाई सफल पार्न तिर लाग्नुहोस् भनी प्रस्ताव गरेँ । १५ दिनको अन्धकारमा कोठा रहँदा बाहिरी घटनाक्रमलाई औल्याउन नपाउदा निकै असादन्र्भिक भएको महशुस भएको थियो । जब कालिकोट घटनाको बारेमा जानकारी भयो तब मलाई निकै भावुक बनायो । यस्ता घटनालाई तत्काल रोक्नको निमित्त चेतावनी दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :