निर्वाचन सरकारको नाटक

तील श्रेतिलकुमार श्रेष्ठ
निर्वाचनको विविध कारणले औचित्य छैन, खारेज हुनुपर्छ भन्ने विचार आयो । यसलाई आत्मसाथ गर्दै जाँदा जब २०७४ वैशाख १५ गते बिहान ७ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय चनौलीले तपाईंलाई एसपी कार्यालयमा बोलाएको छ भनीइ जिल्ला प्रहरी कार्यालय भरतपुरमा लगियो । तपाईंको साथी को हो ? कस्तो थियो ? कति उमेरको ? तपाईंले कानुनभन्दा बाहिर गई राजनीति गर्नुभएको हुँदा केही सार्वजनिक अपराधको मुद्दा लगाइएको छ । राजनीति गर्दा कानुनको दायराभित्र बसी गर्नुहोला भन्दै निर्वाचनविरोधी केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइयो र ६ दिनको हिरासतपछि मलाई रु. १०,०००।– धरौटी राखी तारेखमा छोडिएको छ । वास्तवमा यो २०७४ को स्थानीय निर्वाचनको औचित्य किन रहेन र खारेजी हुनुपर्छ भनने विषयमा सायद देशभक्त सबै नेपाली जनतालाई महसुस हुनुपर्ने नै हो । आज भूकम्पले स्वाभिमानी नेपाली जनताहरूलाई दर्दनाक अवस्थामा बस्न बाध्य बनाएको छ । सुककुमबासीहरूको अवस्था त्यस्तै छ र देशको ठूलो शक्ति लाखौँ युवाहरू बिदेसिनुपर्ने बाध्यता छ । अरू विडम्बना ! भ्रष्टाचारमा लिप्त छ र तर राज्य सरकारको ध्यान अर्बौं धनराशि खर्च गरेर अपवित्र नौटङ्की निर्वाचनको नाटकमा नृत्य प्रदर्शन गरिरहेको छ । देश टुक््रयाउनेखालको अभिव्यक्ति आइरहेको छ । त्यसैले यो २०७४ को स्थानीय निर्वाचनको औचित्य छैन भनी खारेजीको पुष्टि हुँदै गएको छ । प्रचण्ड भन्ने गनुहुन्थ्यो, हामी ठीक छौँ र हाम्रो विचार–विश्लेषण ठीक छ भने प्रतिक्रियावादी र विरोधी शक्तिहरूले हाम्राविरुद्ध अनेक खालका दुष्प्रचार, टिष्पणी, घेराबन्दी अनि दुःख दिने काम गर्छन् । उक्त भनाइलाई मनन गर्दा नेपाल कम्युनिस्ट पार्टीको स्थानीय निर्वाचन खारेजी अभियान सत्य साबित भएको ठहर गर्दै शान्तिपूर्ण तवरले समर्थन गर्दै जाँदा मेरा ६ दिने हिरासतको बसाइप्रति गर्व गर्छु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :