प्रचण्ड–बाबुरामजस्ताे

गीत/कविता

प्रचण्ड–बाबुरामजस्तो हामी हुँदै हैन
एकीकृत जनक्रान्तिमा धोका हुनेछैन
गरिबको सत्ता ल्याउन बन्दुक उठायौ
शोषित–पीडित जनतालाई बाटो देखायौ
विजयमा नपुग्दै, क्रान्तिको झन्डा बिसायौ
संसदभित्र छिरेर, विदेशीलाई खुसी बनायौ
प्रचण्ड–बाबुरामजस्तो…
माक्र्सवाद होइन, संशोधनवाद लागू गर्यौ
गरिब जनताको कुरा गथ्र्यौ, शोषक वर्गमा पतन भयौ
दलाल व्यवस्था फेर्न होइन, सुदृढ गर्न लाग्यौ
हजारौँ बलिदानी गरायौ, क्रान्तिबाट तिमी भाग्यौ
प्रचण्ड–बाबुरामजस्तो…
जनताबाट भोट लिने, बहुमतको खेल खेल्ने
गरिबी, अभाव, महँगी, जनताले दिनहुँ झेल्ने
राष्ट्रियताको चर्को नारा दिँदै नदी–नाला सबै बेच्ने
दलालले देश चलाउने, विदेशीले झनै हेप्ने
प्रचण्ड–बाबुरामजस्तो…
जनताको आशा विश्वासमा बदल्नेछौँ
सहिदको सपना पूरा गर्नेछौँ
अधुरो–अपूरो क्रान्ति पूरा गर्नेछौँ
टुटेका क्रान्तिको कडी पुनः जोड्नेछौँ
प्रचण्ड–बाबुरामजस्तो…
दलाल व्यवस्था ढाल्नेछौँ
वैज्ञानिक समाजवाद निर्माण गर्नेछौँ
क्रान्तिलाई विजयसम्म पुर्याइछाड्नेछौँ
एकीकृत जनक्रान्तिको बाटोबाट अघि बढ्दैछौँ ।
प्रचण्ड–बाबुरामजस्तो हामी हुँदै हैन
एकीकृत जनक्रान्तिमा धोका हुनेछैन

२०७६ जेठ २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :