पाँचथरको फिदिम बजारमा भीषण आगलागी

तीन घर र एक होटेल जलेर नष्ट

पाँचथर : पाँचथरको सदरमुकाम फिदिम बजारमा भीषण आगलागी भएको छ । आगलागी हुँदा तीनवटा घर र एक होटेल जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट सङ्गीता राना मगरको दुईतले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयहरुको लामो प्रयासपछि आगो नियन्त्रणमा आइसकेको छ । नजिकै रहेको एक गेस्टहाउसको छतमा पनि आगलागीबाट क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी नरेन्द्र कुँवरका अनुसार कर्णबहादुर थापा मगरको घरमा तारणी साहले सञ्चालन गरेको मिठाइ पसलमा खारिएको तेलबाट आगो फैलिएको थियो । आगलागीबाट सावित्री केरुङ योङ्याको घरमा आंशिक क्षति पुगेको छ । आगो फैलिएपछि फिदिम नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । तर, दमकलको पानी सकिएपछि बजारमा ल्याइएको खानेपानीको पाइपसमेत फुटाएर आगो निभाउन प्रयोग गरिएको थियो ।

२०७६ जेठ २३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :