छायाँदेवी र सम्पदा बचाउन वृहत हस्ताक्षर अभियान शुरू


काठमाडौं : काठमाडौं र ठमेल स्थित छायाँ सेन्टर र असनको कोथुननि बचाउन असन चोकमा वृहत हस्ताक्षर अभियान सुरु भएको छ ।
गत शनिबारदेखि शुरु भएको अभियानमा उल्लेख्य मात्रामा सम्पदा प्रेमिहरुले हस्ताक्षर गरेको अभियान टोलीले जानकारी दिएको छ ।

उपत्यकाका तिनै जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरको सम्पदा क्षेत्रमा हस्ताक्षर अभियान संचलन गर्ने र हस्ताक्षर अभियानमा सम्पदाप्रेमी, स्थानीयवासी, सरोकारवाहरुसँगै सर्वसाधरण सबैले सहयोग गर्ने विश्वास व्यक्त गर्दै १० हजार भन्दा बढी हस्ताक्षर संकलन गरिने योजना रहेको अभियानका संयोजक नमस्ते सायमीले जानकारी दिनु भयो ।
राज्यले स्थानीय सम्पदा, गुठी घर, सम्पदा क्षेत्रमा विकासको नाममा हस्तक्षेप गरिरहेको सम्पदा अभियन्ताहरुको आरोप रहेको छ ।

असन घडी घर (कोथुननि) पनि ऐतिहासिक महत्व बोकेको सम्पदा भएको सायमीको धारणा रहेको छ । उनले भने, ‘कोथुननिमा पुस्तै पुस्तादेखि बस्दै आएको १४ परिवारले कोथुननिको महत्वलाई जोगाई राखेको छ तर, आज अचानक गुठी संस्थान त्यहाँ व्यापरिक कम्पलेक्स बनाउन लालायित देखिएको आरोप लगाएका छन् ।

यस अघि समितिले असन चोकमा सम्पदाप्रेमी, जनप्रतिनिधि, सरोकारवालाहरुको उपस्थितिमा बृहत सभा गरेको थियो । सायमीका अनुसार ‘असन कोथुननिसँगै ठमेलको कमलपोखरी मासेर बनाएको छायाँदेवि कम्पलेक्सविरुद्ध पनि यो हस्ताक्षर अभियान भएको जानकारी दिए ।
ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको कमल पोखरी मासेर राज्यशक्तिको दुरुपयोग गरी व्यापापरिक कम्लेक्स छायाँ सेन्टर निर्माण भएदेखि नै स्थानिय सम्पदा अभियान्ताहरुले यसविरुद्ध चरणवद्ध आन्दोलन गरिरहेका छन् ।

२०७६ जेठ २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :