तामाङ राष्ट्रिय मुक्तिमोर्चा, सिन्धुलीको अध्यक्षमा ज्ञानबहादुर तामाङ

सिन्धुली : तामाङ राष्ट्रिय  मुक्ति मोर्चा, सिन्धुलीको चौथो जिल्ला भेला सम्पन्न भएको छ । जेठ १७ गते सिन्धुलीको मरिन गाउँपालिका २ स्थित छतिवनमा तामाङ राष्ट्रिय  मुक्ति मोर्चाको चौथो जिल्ला भेला भएको हो ।

उक्त भेलामा नेकपाका केन्द्रीय सदस्य देव नारायण प्रमुख, पार्टीका जिल्ला इन्चार्ज शशीको आतिथ्यता रहेका थिए । भेलाले ज्ञानबहादुर तामाङको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको छ ।

कार्यक्रमको अध्यक्षता पार्टीका सेक्रेटरी दिनेश, गोपालको सञ्चालनमा स्वागत मन्तव्य रामु कार्कीले गरेका थिए । भेलासँगै महान् सहिदहरुप्रति श्रद्धाञ्जली सभा पनि सम्पन्न गरेको जानकारी सिन्धुली संवाददाताले दिएका छन् ।

२०७६ जेठ २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :