विद्यार्थी जिल्ला नेता गिरफ्तार


रोल्पा : विद्यार्थी जिल्ला नेता प्रदीप कवरलाई प्रहरीले गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रोल्पाका जिल्ला उपाध्यक्षसमेत रहेका कवरलाई रोल्पाको लिबाङबाट गिरफ्तार गरेको उक्त संगठनले जनाएको छ ।

उनलाई शुक्रबार गिरफ्तार गरेको जनाउदै अखिल (क्रान्तिकारी) रोल्पाका अध्यक्ष शोभाराम रानाले प्रेस विज्ञप्तिजारी गरेका छन् ।
उनले गैरन्यायिक गिरफ्तारीको भत्र्सना गरेका छन् । उपाध्यक्ष कवरलाई रिहाई गर्नसमेत माग गरेका छन् ।

२०७६ जेठ २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :