खरसाङमा तनावपूर्ण स्थितिः पातलेबास हिँडेका मोर्चा कार्यकर्तालाई रोक्यो पुलिसले

mirik-1-2

काठमाडौं/असार २, गोर्खा जनमुक्ति मोर्चाले डाकेको अनिश्चितकालीन बन्दको आज दोस्रो दिन खरसाङमा तनाउपूर्ण स्थिति बनिरहेको छ । गोजमुमो अध्यक्ष विमल गुरुङलाई भेट्न भनी मोर्चा कार्यकर्ताहरू पातलेबासतर्फ निस्कन लाग्दा पुलिसले उनीहरूलाई खरसाङमा नै रोकेपछि स्थिति तनावपूर्ण बनेको हो ।

mirik-2-1-840x629

विशेष गरी बिहान करीब बजीतिर तीनधारे महानदी समष्टीको गोजमुमो सिविटार गिताङ्गे खण्ड समितिका युवा कार्यकर्ताहरू पैदल यात्रा गर्दै निस्किएका थिए । उनीहरू पातलेबास जान निस्किएको भए पनि उनीहरूलाई खरसाङको टुरिस्ट लजमा आइपुग्दा पुलिसले रोकेको थियो । यसपछि अहिलेसम्म उक्त क्षेत्रका सैयौँ युवा एवं नारी कार्यकर्ताहरू भेला भएर अघि बढ्ने प्रयास गरे पनि पुलिसले अघि बढ्न नदिँदा मोर्चा कार्यकर्ता बाटोमा नै बसेर अघि बढ्न दिनुपर्ने माग गरिरहेका छन् ।

mirik-5-840x629

मोर्चा कार्यकर्ताहरूका अनुसार, बङ्गाल सरकारले पहाडमा अन्याय र अत्याचार गरिरहेको छ ।  यसैले उनीहरू शान्ति यात्रा लिएर आफ्ना दलका नाइके विमल गुरुङलाई भेट्न पातलेबासतर्फ हिँडेका हुन् । यद्यपि पुलिसले बाटोमा नै रोकेर राखेपछि माेर्चाका  कार्यकर्ताले प्रतिवाद जनाउँदै अघि बढ्न नदिएको खण्डमा सडकमा नै हड्तालमा बस्ने चेताउनी दिइरहेका छन्। अहिले सड़कमा नै बसेर प्रतिवाद जनाउने कार्यकर्ताको संख्या बढ़िरहेको छ। मोर्चा नेता सत्यवान छेत्रीले कार्यकर्तालाई नेतृत्व दिइरहेका छन् ।

खबरम्यागजिनबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :