बन्द सफल भयो नेकपा

mechi band
अम्किा चन्द/काठमाडौं, असार २, नेकपा मेची व्यूरोले आज आयोजना गरेको अञ्चल बन्द सफल भएको बताएको छ । आफ्ना नेताहरुलाई पक्राउ गरेको विरोधमा नेकपाले आज अञ्लल बन्दको आह्वान गरेको थियो । बन्दको प्रभाव मेचीका चारवटै जिल्लामा परेको थियो भने ताप्लेजुङबाट केही यात्रुवहाक बस प्रहरीले स्कटिङ गरेर चलाएको थियो । अन्य जिल्लाहरुमा भने बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन पूर्णरुपले ठप्प हुनुको साथै कलकारखानासमेत बन्द रहेका थिए ।
प्रहरीले बुधवार नेकपाका केन्द्रीय सदस्य एवं मेची ब्यूरो इन्चार्ज सन्त कुमार लिम्बु सुमनसहित तीन जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :