सामाजिक सञ्जालमा गिरफ्तारीको चौतर्फी विरोध

FB_IMG_14975773776773362

 

अम्बिका चन्द/हरि भण्डारी/असार २, प्युठान, जेठ २४ गते विहानैदेखि प्युठान जिल्लाको तिराममा नेकपाका केन्द्रीय नेतासहित पार्टी जिल्ला समितिको वैठक बसिरहेको थियो । प्रहरीले बैैठक स्थल घेराहाली युद्ध शैलीमा नेकपाका तीन नेतासहित १३ जनाको टोलीलाई पक्राउ ग¥यो । पक्राउ पर्नेहरुमा नेकपाका केन्द्रीय सदस्य केशबहादुर वाठा ‘शुभाष’, चन्द्रबहादुर खडका ‘असल’, बन्धु चन्द, प्युठान सेक्रेटरी दधिराम सुवेदीलगायतका थिए । बन्धु चन्द, पत्रकार हरि भण्डारी र एकजना चालकलाई भोलीपल्टै छोडेपनि अन्य १० जनालाई भने हाल खलंगा हिरासतमा राखिएको छ । कुनै कारण नदेखाई माथिको आदेश भन्दै प्रहरीले प्रक्राउ गरेको विषयलाई लिएर सामाजिक संजालमा दर्जनौं प्रतिक्रिया व्यक्त भएका छन् ।

विनाकारण निशस्त्र अवस्थामा कानुन सम्वतकै राजनैतिक गतिविधि गरिरहेका व्यक्तिलाई पक्राउको विषयलाई लिएर मानवअधिकारकर्मी केन्द्रप्रकाश पाध्यवती आफ्नो फेसवुक वालमा लेख्छन्–‘देश बेच्ने दलालहरुको चुनाव जनतालई भ्रममा पारी देशका नदीनाला बेच्ने तिम्रो योजना हामी हिन्द महासागरमा लगेर डुबाउँछौं । याद गर कर्णाली बेच्ने भित्री उदेश्य जनताले बुझेका छन् । प्रजातन्त्रिक व्यवस्थामा राजनैतिक स्वतन्त्रता हुन्छ । तर तिमीहरु किन अत्तालिएकाछौं । कुनै दलले चूनाव उपयोग वा बहिस्कार गर्ने कुुरा उसको राजनैतिक अधिकार हो । राजनैतिक आस्थाका आधारमा नेकपाका नेता–कार्यकर्तालाई पञ्चायती शैलीमा धरपकट गर्नु निन्दनिय कार्य हो । दलाल सुरकार मुर्दावाद ।’

यस्तै निशस्त्र व्यक्तिहरुलाई पक्राउ गर्नु कानुनको वर्खिलापमा भएको विचार व्यक्त गर्छन अधिवक्ता तथा विश्लेषक आफनो फेसवुक वालमा –‘विना हातहतियार भेला हुन पाउनु राजनैतिक रुपमा छलफल गर्नु मुलुकको संविधानले बन्देज लगाएको छैन । यस परिस्थितिम नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गर्नु सरकार स्वयम्ले कानुनको उल्लंघन गर्नु हो । सरकारलाई कानुन उल्लंघन गर्ने अधिकार छैन ।’

यूगबोध राष्ट्रिय दैनिक दाङ्गका पत्रकार नरेन्द्र केसीले आस्थाका आधारमा पत्रकारलाईसमेत हिरासत राखेको विषयलाई लिएर आफनो फेसवुक वालमा पोष्ट गर्छन–‘निर्वाचन बहिस्कार सम्बन्धि कार्यक्रमको रिपोटिङ्ग गर्न गएका नेपाल पत्रकार महासंघका सदस्य राजेन्द्र रावत र याङक पुनलगायतलाई रिहाईको माग गर्दछु । राज्य वा जुनसुकै पक्षबाट पनि पत्रकारमाथि दुःख दिने कार्य बन्द होस् ।’

FB_IMG_14975772337943218

यस्तै राष्ट्रियता गम्भीर संकटमा पर्दा पनि सरकारलाई कुनै चासो नभएको विषयतिर इंगीत गर्दै उज्यालो नेटवर्क तथा नागरिक दैनिकका पत्रकार एल.वि. थापा आफ्नो फेसवुक वालमार्फत सरकारलाई प्रश्न गर्छन–‘यो के संकेत हो सरकार ? चुनाव वहिस्कार गर्छु भन्नेलाई गिरप्तार र धरपकट गर्ने तर पुरै चुनाव विथोल्छु भन्नेलाई चाही केही नगर्ने ?’
राज्यले दमन गरे प्रतिरोधी भावना जन्मने आशयमा क्रान्तिकारी माओवादीका नेता विमल पोखरेल राज्यसँग सशंकित बन्दै लेख्छन् –‘आस्थाकै आधारमा चिया पिउँदै गर्दा प्रिय कमरेड हरि बस्नेतलाई गिरफ्तार गरेको विषयले गम्भीर बनायो । यो के किलो सेरा टु र सर्च एण्ड डिष्ट्रोयको अभ्यास त हैन ?’

पत्रकार उदय जि.एम. भारतीय विस्तारवादीहरुसँग डराउने तर राष्ट्रवादीहरुप्रति दमन गर्ने भावमा आफ्नो फेसवुकवालमा फोटो पोष्ट गर्दै भन्छन्–‘विप्लव नेकपाका नेता–कार्यकर्तालाई थुनेर चुनाव गर्न हुने तर भाजपासँग चाहीं डराएर किन कपडामै पिसाव फेर्छ सरकार ?’

नेकपामा रहेका व्यक्ति व्यावसायी भएको जानकारीसहित स्वर्गद्धारी यातायात व्यावसायी समिति प्युठानका महासचिव चन्द्रमान श्रेष्ठ आफ्नो फेसवुक वालमा लेख्छन् –‘यस स्वर्गद्धारी यातायात व्यावसायी समितिका व्यावसायी प्रकाश सुवेदीलाई राजनैतिक कारणले प्युठान जिप्रकामा राखिएको हुँदा अविलम्ब रिहाइको लागि सम्बन्धित पक्षसग अनुरोध गर्दछौं, स्वर्गद्धारी यातायात परिवार ।’

प्रेसमाथिको स्वतन्त्रतामा हस्तक्षेप गर्न नहुने विचारसहित पत्रकार केशवराज श्रेष्ठ लेख्छन्–‘झुट्टा मुद्दा खारेज गर, पत्रकारहरुलाई रिहा गर, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर सरकार !’ माओवादी केन्द्रका नेता प्रभात के.सी.मानव अधिकारको हनन भएको निष्कर्षसहित आफनो फेसवुकमा लेख्छन् –‘दिनहुँजसो सरकारले सुरक्षाको कारण देखाउदै नेकपा सम्बद्ध साथीहरुलाई विनाकारण गिरफ्तार गर्नु लोकतन्त्र र मानवअधिकारको उल्लंघन हो । ’
सरोकारवालाहरुद्वारा नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ गरेको विषयमा सामाजिक संजालमा व्यक्त प्रतिनिधि धारणा हुन् यी उल्लेखित प्रतिक्रिया । विनाकारण पक्राउको विषयलाई लिएर चौतर्फी विरोध भइरहँदा प्रहरी अधिकारीले भने पक्राउ गर्नुपर्ने कारण नभए पनि माथिको आदेशले पक्राउ गरिएको भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् ।
सन्र्दर्भः प्युठान गिरफ्तारीको घटना ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :