नेता–कार्यकर्ताको गिरफ्तारीप्रति युवा सङ्गठनको आपत्ति (विज्ञप्तिसहित)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको युवा दस्ता युवा सङ्गठन नेपाल नेपाल बन्दको पूर्वसन्ध्यामा गिरफ्तार परेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गरेको छ ।

सङ्गठनका अध्यक्ष पाटन जंगलीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफ्ना केन्द्रीय सदस्य राकेश श्रेष्ठलगायतलाई बिनाकारण गिरफ्तार गरेको भन्दै घोर भत्र्सना गरेका छन् ।

केपी वली नेतृत्वको सरकारले आफ्ना सङ्गठनका सदस्य राजुको गोली हानी हत्या गरेको विरोधमा आयोजना गरिएको नेपाल बन्दको पूर्वसन्ध्यामा सङ्गठनका केन्द्रीय सदस्य राकेशश्रेष्ठ, बुद्धिराम पुन, बुद्धिबहादुर सुनुवार, तेजबहादुर मोक्तान, चित्रकमल ओली, डम्मरबहादुर तामाङ र तेजराज काफ्लेलाई बिनाकारण गिरफ्तार गरेको भन्दै विरोध जनाएका छन्।

पार्टीको घोषित कार्यक्रमअन्तर्गत नै आइतबार साँझ मसाल जुलुसको तयारी गरिरहेको अवस्थामा बादल गृह प्रशासनले धरपकड गरी बमसहित समातेको भन्दैमिथ्या आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ । हतियारसहित गिरफ्तार गरिएको आरोप मिथ्या भएको भन्दै अध्यक्ष जंगलीले आफूहरूमाथि दमन गर्ने उद्देश्यले यस्तो हौवा पिटाइएको बताएका छन् ।

गैरन्यायिक थुनामा राखिएका राकेशसहित सङ्गठन र पार्टीका सबै नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न उमाले माग गरेका छन् । साथै विभिन्न प्रपञ्च रचेर आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने र अनाहकमा झूट्टा मुद्दामा फसाउने षड्यन्त्र बन्द गर्न उनले गृहमन्त्री बादललाई चेतावनी दिएका छन् ।

आफूहरूले भ्रष्टाचार, शोषण, हत्याहिंसा, बलात्कारको अन्त्य र सबै प्रकारका शोषणरहित समाज चाहेको र यस्तै खराब तत्वहरू तथा भ्रष्टाचारविरुद्ध आफूहरूले जारी राखेकोअभियानबाट अत्तालिएर वली सरकार चरम दमनमा उत्रिएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष जंगलीले यहि अभियानमा लागिपरेको अवस्थामा आइतबार साँझ बम विस्फोटमा परी सहादत प्राप्त गर्ने महान, दीपेन्द्र, प्रज्वल र निरन्तरप्रति उच्च सम्मानसमेत प्रकट गरेका छन् ।

नेकपाले आइतबारको बम विस्फोटमा परेर ज्यान गुमाउने ४ जनासहित भोजपुरमा प्रहरीले गोली हानी हत्या गरेका कार्यकर्ता तीर्थराजलाई समेत सहिद घोषणा गरिसकेको छ । सोमबार पार्टी महासचिव विप्लवले महान, दीपेन्द्र, प्रज्वल, निरन्तर र तीर्थलाई सहिद घोषणा गरेका हुन् ।विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ जेठ १४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :